मंगलवार, फाल्गुण १६ २०७९
फागुन, १६ काठमाडौ । कक्षा ९ को बार्षिक परीक्षा विद्यार्थीहरुले ३५ प्रतिशत अंक नल्याए माथिल्लो कक्षामा पढ्न नपाइने भएको छ। पाठ्यक्रम बिकास केन्द्रले विद्यार्थीको उपलब्धि मुल्यांकनका आगि कार्यन्वयनमा ल्याएको लेटर ग्रेडिङ २०७८ ले यस्तो ब्यबस्था गरेको हो।
नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरुमा निर्देशिका लागू गर्दै जाने योजना अनुरुप यस बर्ष देखि कक्षा ९ मा समेत लागू हुने जनाइएको छ। एसइई परीक्षा दिने विद्यार्थीका लागि ल्याइएको उक्त ग्रेडिङ सिस्टम यसअघि कक्षा ९ मा लागू हुने या नहुने भन्ने दुबिधा थियो।
लेटर ग्रेडिङ निर्देशिका - २०७८ नयाँ पाठ्यक्रम लागु भएका कक्षामा क्रमशः प्रयोगमा ल्याउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम सर्माले बताउनु भयो। उहाँका अनुसार आगामी चैत महिना मा संचालन हुने कक्षा ९ का विद्यार्थी हरुलाइ यो निर्देशिका लागू गरिने बताउनु भयो।
नयाँ विधि अनुसार ३५ % भन्दा कम ग्रेड ल्याउने विद्यार्थीको मुल्यांकन ननग्रेडड अर्थात अनुत्तीर्ण हुने छ। यद्यपि यस्ता विद्यार्थीले अधिकतम तीन पटक सम्म परीक्षा दिने पाउने ब्यबस्था भने गरिएको छ।
जम्म दुई बिषयमा मात्रै ३५% भन्दा कम ल्याएको खण्डमा तेस्ता विद्यार्थीको बिद्यालयले तत्काल परीक्षा लिनुपर्ने छ। यदि तेस्तोमा समेत पास नगरेमा अर्को बर्ष हुने परिक्षामा आंसिक परिक्षार्थिको रुपमा दुई बिषय मात्रै परीक्षा दिनुपर्ने छ। र यदि दोस्रो पटक पनि उत्तीर्ण हुन नसके तेस्रो बर्ष समेत दुई बिषय दिनु पर्ने छ भने त्यसपछि भने पुन कक्षा ९ का विद्यार्थी संग पुन नियमित पढेर परीक्षा दिनुपर्ने छ।
• बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेमा स्कुलले तत्काल संचालन गरेको मौका परीक्षामा सहभागी हुनुपर्नेछ ।
• पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ । दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ ।
• यो परीक्षामा पनि अनुत्तीर्ण भएमा विद्यार्थीले तेस्रो पटकको मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।
• उक्त परीक्षामा उत्तीर्ण हुन सकेनन् भने त्यस्ता विद्यार्थीले कक्षा नौबाट फेरि नियमिततर्फका विद्यार्थी सरह पढ्नुपर्नेछ ।