Oct 09 2026 | २०८३, आश्विन २३ गते

अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटम, सम्पर्कमा नआए सीआईबीमा उजुरी

अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटम, सम्पर्कमा नआए सीआईबीमा उजुरी

  • 52
    SHARES

  • अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापकलाई एक महिनाको अल्टिमेटम, सम्पर्कमा नआए सीआईबीमा उजुरी

    काठमाडौं । शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले अध्ययन बिदाको दुरुपयोग गर्ने र सम्पर्कमा नआउने प्राध्यापकहरूको खोजी तीव्र पार्न निर्देशन दिएका छन्।

    त्रिभुवन विश्वविद्यालयको सभा बैठकमा मन्त्री पोखरेलले अध्ययन बिदामा गएर सम्पर्कविहीन भएका प्राध्यापकलाई एक महिनाभित्र सम्पर्कमा आउन सूचना जारी गर्न निर्देशन दिएका हुन्। तोकिएको समयसीमाभित्र पनि सम्पर्कमा नआउने प्राध्यापकविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) वा सम्बन्धित निकायमा उजुरी दिन उनले निर्देशन दिएका छन्।

    ‘अध्ययन बिदामा गएका प्राध्यापकहरू, जो सम्पर्कमा आउनुभएको छैन, जसले यो प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई थप कारबाहीका लागि अनुसन्धान गर्न सीआईबी वा सम्बन्धित निकायलाई भनौँ,’ मन्त्री पोखरेलले भने।

    उनले सम्पर्कमा नआउने प्राध्यापकका लागि स्पष्ट समयसीमा तोक्नुपर्नेमा जोड दिँदै एक महिनाभित्र पनि सम्पर्कमा नआए लिखित प्रतिवेदन तयार गरी अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउन आग्रह गरे।

    ‘समयसीमा पनि तोकौँ। एक महिनाको समयसीमाभित्र जो सम्पर्कमा आउनुहुन्न, उहाँहरूका लागि लिखित प्रतिवेदन बनाएर सीआईबी वा सम्बन्धित निकायमा पठाउन अनुरोध गर्दछु,’ उनले भने।

    मन्त्री पोखरेलको निर्देशनसँगै अध्ययन बिदामा गएर विश्वविद्यालयको सम्पर्कमा नरहेका प्राध्यापकहरूको विवरण संकलन, खोजी तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने विषयले प्राथमिकता पाउने देखिएको छ।

    images
    शुक्रवार, आश्विन २३ २०८३११:३७:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार