Aug 13 2026 | २०८३, श्रावण २८ गते

मध्यपश्चिम बिश्वबिद्धालयद्वारा नयाँ सम्बन्धनका लागी आवेदन खुला।

मध्यपश्चिम बिश्वबिद्धालयद्वारा नयाँ सम्बन्धनका लागी आवेदन खुला।

  • 501
    SHARES

  • मध्यपश्चिम बिश्वबिद्धालयद्वारा नयाँ सम्बन्धनका लागी आवेदन खुला।

    चैत २९ गते, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय नयाँ सम्बन्धनका लागि आवेदन खुला गरेको छ । बिश्वबिद्धालयले एक सुचना जारी गर्दै स्नातक तह र स्नतकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा सम्बन्धन वितरणका लागि आवेदन खुला गरेको हो ।

    मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा १९, मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनिक नियमावली २०६९ को नियम १५८ (१) र मध्यपश्चिम विश्वविद्यालय शैक्षिक संसथागत नमुना तथा सम्बन्धन सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा ३ उपदफा २ मा व्यवस्था भएबमोजिम सम्बन्धनका लागि आवेदन खुला गरिएको जनाएको छ ।

    बिश्वबिद्धालयले सामुदायिक, निजी वा सहकारीको स्वमित्वमा आधारित विश्वविद्यालयका पूर्ववत् सम्बन्धन प्राप्त शैक्षिक संस्थामा स्नातक र स्नातकोत्तर तहमा थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न र नयाँ सम्बन्धनमा सो तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न इच्छुक संस्थाहरुबाट सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनुपर्ने उल्लेख गरेको छ।

    यस्तो छ सूचना

    Screenshot_20230412-075204_Facebook.jpg

    images
    बुधवार, चैत्र २९ २०७९०८:०७:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार