Oct 09 2026 | २०८३, आश्विन २३ गते

निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक बदल्न नपाउने।

निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक बदल्न नपाउने।

  • 450
    SHARES

  • निजी विद्यालयले पाँच वर्षसम्म पाठ्यपुस्तक बदल्न नपाउने।

    बैशाख, ३ धनगढी। कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिकाले निजी विद्यालयले हरेक बर्ष आफूखुसी पाठ्यपुस्तक बदल्न नपाउने निर्णय गरेको छ। उपमहानगरको नगर शिक्षा समितिले निजि/ संस्थागत विद्यालयले एउटा शैक्षिक सत्रमा लागु गरेको एउटा प्रकाशनको पाठ्यपुस्तक कम्तिमा ५ बर्ष (शैक्षिक सत्र) सम्म परिवर्तन गर्न नपाइने निर्णय गरेको हो।

    धनगढी उपमहानगरपालिका नगर शिक्षा समितिले २०७९ चैत १४ गते गरेको निर्णय कार्यान्वयन गर्न सबै विद्यालयलाई पत्राचार समेत गरिसकेको छ। उपमहानगरपालिकाले नगर शिक्षा ऐन, २०७४ को दफा ८ को उपदफा (४) अनुसार ५ शैक्षिक सत्रसम्म पाठ्यपुस्तक परिवर्तन गर्न रोक लगाइएको जनाइको छ।

    त्यसैगरी उपमहानगरले संस्थागत विद्यालयले यो वर्ष शुल्क बढाउन नपाउने भएका छन्। धनगढी उपमहानगरभित्रका संस्थागत विद्यालयलहरूले शैक्षिकसत्र २०७९ मा लिँदै आएको शुल्कमा कुनै प्रकारको थप शुल्क वृद्धि गर्न नपाउने निर्णय नगर शिक्षा समितिले गरेको स्रोतले बताएको छ।

     

    images
    आइतवार, बैशाख ३ २०८००७:३०:५९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार