मंगलवार, बैशाख १२ २०८०
बैशाख, १२ गते काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को परीक्षाको तालिका प्रकाशित गरेको छ।
बोर्डले २०८० सालमा संचालन हुने कक्षा ११ को साधारण (संगित, ललितकला र संस्कृत बिषय समूह समेत) तथा प्राबिधिक बिषय समूह तर्फका ग्रेडबृद्धि एबं आंसिक परिक्षार्थिको (रजिस्ट्रेसन नम्बर शुरुका दुई अंक ७२/७३/७४/७५/७६ ) बार्षिक परिक्षाको तालिका प्रकाशित गरेको हो।
राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले परीक्षा २०८० जेठ २ गते बिहान ८ बजे देखि ११ बजे सम्म संचालन हुने छ। परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी ००२ र अनिवार्य बैकल्पिक संस्कृत रचना ००१ बिषयको परीक्षा हुने छ। परीक्षा २०८० जेठ १८ गते सकिने छ।
परीक्षामा सहभागि हुने परीक्षार्थीहरुको परीक्षा केन्द्र विद्यार्थीको संख्याका आधारमा एउटा जिल्लामा न्युनतम एक केन्दै हुनेगरी जिल्ला सदरमुकाम वा पायक पर्ने स्थानमा कायम गरिने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सञ्चालन गरेको परीक्षामा फेल भएका विद्यार्थीहरुका लागि मात्र परीक्षा तालिका सार्वजनिक गरीएको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । उनले भने ‘अहिले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्छ । तर परीक्षा बोर्डले सञ्चालन गर्दा पास हुन नसकेका पुराना विद्यार्थीको लागि मात्रै तालिका सार्वजनिक गरिएको हो ।"
कक्षा ११ को नियमित तर्फ जसको रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ८० हुने तथा रजिष्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७७/७८ र ७९ भइ परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका परीक्षार्थीहरुको कक्षा ११ को वार्षिक परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुबाट प्राप्त हुने सिम्बोल नम्बरका आधारमा सम्बन्धित विद्यालयले आ–आफ्नै विद्यालयमा सञ्चालन गर्न बोर्डले सूचित गरेको छ ।
ति परीक्षाहरू जेठ १५ गतेदेखि असार १५ गतेभित्र गर्नुपर्नेछ । विद्यालयहरूले आफ्नो अनुकूलतामा परीक्षा सञ्चालन गरी मूल्याङ्कन, नतिजा प्रकाशन एवं ग्रेडसिट प्रदान गर्नु सूचित गरेको छ ।


