Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालय कर्मचारीले गरे चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम घोषणा ।

विद्यालय कर्मचारीले गरे चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम घोषणा ।

  • 747
    SHARES

  • विद्यालय कर्मचारीले गरे चाबी बुझाउनेदेखि विद्यालय बन्द गर्ने सम्मका कार्यक्रम घोषणा ।

    जेठ, १७ काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषदले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । परिषदले पत्रकार सम्मेलन मार्फत न्युनतम बेतनमा कार्यरत बिद्यालय कर्मचारीहरुको पुर्ण सेवा सुबिधा सहित पेशागत स्थायित्वको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

    परिषदले जेठ २० गतेदेखि २६ सम्म विद्यालयको ताला चावी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरु सम्वन्धित जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना दिने, २७ गते देखि असार १ गते सम्म  काठमाण्डौं स्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नहुनजेल सम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

    पत्रकार सम्मेलनमा सरकारको नीति तथा कार्यक्रमको बुदा नं. १२७ मा आफ्नो माग सम्बोधन हुने उल्लेख भएको तर बजेटमा नसमेटिएको हुँदा आन्दोलनको कार्यकम सार्वजनिक गरेको उल्लेख गरेको छ ।

    Screenshot_20230531-181142_Facebook.jpg

    images
    बुधवार, जेठ १७ २०८००६:४३:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार