Oct 02 2026 | २०८३, आश्विन १६ गते

क्यापिटल हिल कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

क्यापिटल हिल कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

  • 1.7K
    SHARES

  • क्यापिटल हिल कलेजको अभिमुखिकरण कार्यक्रम सम्पन्न।

    साउन, २१ काठमाडौ । क्यापिटल हिल कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। गत हप्ता बिहीवार एक भब्य कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न गरेको हो।

    अभिमुखिकरण कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष नारायण प्रसाद गजुरेलले गर्नु भयो। कार्यक्रममा बिशेष अतिथिको रुपमा कलेजका प्रिन्सिपल तोयानाथ अधिकारी, हास्यकलाकार हेमराज अधिकारी, गायक सोही कलेजमा अध्ययन गरेका सत्कुल गिरी लगाएत फ्याकल्टी मेम्बर, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो।IMG-20230806-WA0003.jpg

    उक्त कार्यक्रममा कलेजका भाइस-प्रिन्सिपल सागर राज खनालले स्वागत मन्तव्य दिनुभयो। उहाँले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको उज्ज्वल भविस्यको कामना सहित सफल शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

    IMG-20230806-WA0006.jpg

    उक्त कार्यक्रममा प्रिन्सिपल तोयानाथ अधिकारिले विद्यार्थीहरुलाई उत्प्रेरित भनाइहरु सहित कलेजको शैक्षिक गतिविधि र नियम तथा अनुशासनको बारे प्रष्ट पार्नुभयो। उहाँले देशको विभिन्न भुगोलबाट कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै ,आउने २ बर्ष विद्यार्थीहरुको लागि सबैभन्दा महत्वपूर्ण समय रहने बताउनुभयो। उहाँले विद्यार्थीहरुले स्वयं अनुशासन र आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने भन्दै आगामी २ बर्ष विद्यार्थीहरुको शैक्षिक ज्ञान र सीप संगसंगै नेतृत्व बिकास, ब्यवस्थापकीय ज्ञान सिर्जनात्मक क्षमता र पेशगत जीवनको बिकास गर्नमा लागिपर्ने बताउनुभयो।

    IMG-20230806-WA0000.jpg

    कार्यक्रममा हास्यकलाकार अधिकारीले विद्यार्थीहरुलाई मोटिभेसनल मन्तव्य सहित विद्यार्थीहरु खुसी बनाउन आफ्नो प्रस्तुति दिनुभयो। उक्त कार्यक्रममा सोही कलेजका पुर्व विद्यार्थी तथा गायक सत्कुल गिरीले विभिन्न सांगीतिक प्रस्तुति पस्किनुभयो। उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।IMG-20230806-WA0005.jpg

    कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष तथा कार्यक्रमका सभापती नारायण गजुरेलले नयाँ भर्ना भएका सबै विद्यार्थीहरुलाई मिहेनतका साथ पढ्दै सपना पूरा गर्ने बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। क्यापिटल हिल कलेजले साउन २१ अर्थात आज देखि पठनपाठन संचालन गरेको छ। यद्यपि नयाँ भर्ना भने यथावत रहेको छ।

    IMG-20230806-WA0002.jpg


    images
    आइतवार, श्रावण २१ २०८००९:४८:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार