Oct 02 2026 | २०८३, आश्विन १६ गते

दीर्घकालीन प्रभाव पार्ने शिक्षा ऐन ल्याउने सरकारको तयारी

दीर्घकालीन प्रभाव पार्ने शिक्षा ऐन ल्याउने सरकारको तयारी

  • 125
    SHARES

  • दीर्घकालीन प्रभाव पार्ने शिक्षा ऐन ल्याउने सरकारको तयारी

    भैरहवा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ।

    शिक्षा विभागको आयोजनामा लुम्बिनी प्रदेशअन्तर्गतका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिका लागि आयोजित आर्थिक वर्ष २०८३/८४ का नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भविष्यलाई ध्यानमा राखेर वास्तविक धरातलमा आधारित शिक्षा ऐन निर्माण गरिने बताउनुभयो।

    IMG-20261002-WA0005.jpg

    उहाँले विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालासँग छलफल गरी प्राप्त सुझावका आधारमा ऐनलाई अन्तिम रूप दिइने जानकारी दिनुभयो। शिक्षा क्षेत्रको सुधारका लागि कानुनी आधार बलियो बनाउन सरकार ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उहाँको भनाइ छ।

    मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको बताउनुभयो। ऐन निर्माण र पाठ्यक्रम परिमार्जनले नेपालको शिक्षा प्रणालीलाई दीर्घकालीन रूपमा सुधार र रूपान्तरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।

    IMG-20261002-WA0006.jpg

    कार्यक्रममा लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा शिक्षा क्षेत्रका नीति, निर्देशिका, मापदण्ड तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी विषयमा अभिमुखीकरण तथा छलफल गरिएको थियो।

    images
    शुक्रवार, आश्विन १६ २०८३०९:०५:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार