सोमवार, आश्विन १ २०८०
असोज, १ काठमाडौ । उपत्यकाब्यापी नेशनल मोडेल शिक्षक भलिबल प्रतियोगिता- २०८० शुरु भएको छ। 'स्वास्थ्यका लागि खेल र शिक्षाका लागी खेल' भन्ने मुल नाराका साथ नेशनल मोडेल स्कुलको आयोजनामा दोस्रो उपत्यकाब्यापी शिक्षक भलिबल प्रतियोगिता शुरु भएको हो।

भलिबल प्रतियोगितामा उपत्यकाभरी बाट १४ टिम सहभागी रहेका छन् । खेल १,२ र ३ गते खेलाइने छन भने ३ गते फाइनल खेल खेलाइने आयोजक बिद्यालयले जानकारी दिएको छ।

कलेजका प्रिन्सिपल डिएन अधिकारीको सभापतित्व संचालन भएको भलिबल उद्घाटन कार्यक्रममा प्याब्सनका काठमाडौ जिल्ला अध्यक्ष प्रेम कुमार राई प्रमुख अतिथि रहनुभयो। त्यस्तै बिशेष अतिथिको रुपमा प्याब्सन जिल्ला उपाध्यक्ष रिता राई दाहाल, काठमाडौ प्याब्सनका कोषाध्यक्ष आरबी अधिकारी, सहसचिव ओम प्रसाद ढकाल, अनिल पराजुली, नेशनल मोडेल स्कुलका डाइरेक्टर तथा संचलक समितिका अध्यक्ष रामप्रसाद अर्याल (शिशिर), मनमोहन क्याम्पस चिफ तथा नेशनल मोडेल स्कुलका आर्थिक बिभाग प्रमुख दोर्ण बहादुर अधिकारी, प्याब्सन तारकेश्वर अध्यक्ष गोपाल बुढाथोकी, नागार्जुन अध्यक्ष बासु घिमिरे, मनास्लु स्कुलका प्रिन्सिपल जेबि दवाडी, भक्ती स्कुलका प्रिन्सिपल नवराज भट्ट तथा विभिन्न स्कुल कलेजका प्रिन्सिपल, भाइस-प्रिन्सिपल लगाएत बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

भलिबल प्रतियोगिता प्याब्सन काठमाडौका अध्यक्षले रेफ्रीलाई बल हस्तान्तरण गरेर औपचारिक रुपमा खेल शुरु गरिएको थियो। खेल राष्ट्रिय रेफ्री असोक, शान्ति गुरुङ, किशोर बिष्ट लगाएत ४ जनाको सहभागीतामा खेलाइने छ।

भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथी तथा प्याब्सन जिल्ला अध्यक्ष प्रेम कुमार राईले प्याब्सनले विभिन्न खालका खेलहरु आयोजना गर्दै आएका तर शिक्षकहरुको मात्रै सहभागी रहने यो प्रतियोगिताले कलम र डस्टरमा मात्रै भुल्ने शिक्षकहरुलाई शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागी सहयोग गर्ने बताउनुभयो।

एक अर्को सन्दर्भमा अध्यक्ष राइले सामुदायिक र संस्थागत बिद्यालयको इस्यु फरक फरक भएकोले एक अर्कासंग हिलोछ्यप्न नहुने बताउनुभयो। सामुदायिक बिद्यालयको ब्यबस्थापनको कुरा हो र संस्थागत बिद्यालयको अस्तित्वको कुरा भएको भन्दै तुलना गर्न नहुने बताउनुभयो।

कार्यक्रममा स्कुलका प्रिन्सिपल प्रिन्सिपल डि.एन. अधिकारीले नेपालको राष्ट्रिय खेल भलिबलको बिकास गर्न राष्ट्रियताको भावना अभिवृद्धि गराउन र विभिन्न शैक्षिक संस्था र शिक्षकहरु बिच एकता मित्रता र सहकार्यको भावनालाइ मजबुत बनाउने उदेश्यले उक्त भलिबल प्रतियोगिता आयोजना गरेको बताउनुभयो ।

भलिबल प्रतियोगितामा प्रथम हुनेलाई खसी, मेडल,ट्रफी र सर्टिफिकेट, द्वितीयलाई बोका, मेडल ट्रफी र सर्टिफिकेट र तृतीय स्थान हासिल गर्ने टिमलाइ एकजोडी कुखुराको भाले साथै मेडल,ट्रफी र सर्टिफिकेट दिइने छ। खेल आगामी असोज ३ गतेसम्म चल्ने छन्। खेलमा हाल स्कुलमा पढाई रहेका शिक्षकहरु (Marker Teacher) मात्रै सहभागी रहेको बताइएको छ। प्रतियोगितामा प्रथम चरणका खेल League Cum Knockout का आधारमा Best of Three अनुसार खेलाइने छ भने Final चरणका खेलहरु Best of Five अनुसार खेलाइने छ।

भलिबल प्रतिगिताको उद्घाटन शत्र स्कुलका भाइस प्रिन्सिपल कमल प्रसाद पोख्रेलले संचालन गर्नुभयो। प्रतियोगिताको उद्घाटन तथा पहिलो खेल आयोजक नेशनल मोडेल स्कुल र भक्ती बोर्डिङ स्कुलबिच भयो। जसमध्ये आयोजक स्कुलले २-० को सोझो सेटमा जित हासिल गर्यो।

