Aug 13 2026 | २०८३, श्रावण २८ गते

बालाजु शैक्षिक मञ्चद्वारा आयोजित भलिबल प्रतियोगिताको ट्रफी नेशनल मोडेल स्कुललाई

बालाजु शैक्षिक मञ्चद्वारा आयोजित भलिबल प्रतियोगिताको ट्रफी नेशनल मोडेल स्कुललाई

  • 1.4K
    SHARES

  • बालाजु शैक्षिक मञ्चद्वारा आयोजित भलिबल प्रतियोगिताको ट्रफी नेशनल मोडेल स्कुललाई

    मंसिर, १५ काठमाडौ । बालाजु शैक्षिक मञ्चद्वारा आयोजित भलिबल प्रतियोगिताको ट्रफी नेशनल मोडेल स्कुलले हात पारेको छ। काठमाडौको उत्तरी भेगमा रहेको बिद्यालयहरुको संगठन 'बालाजु शैक्षिक मञ्च'ले आयोजना गरेको अन्तर - स्कुल भलिवल प्रतियोगितामा प्रथम नेशनल मोडेल स्कुल भएको हो।

    FB_IMG_1701444738778.jpg

    उक्त प्रतियोगितामा त्रिलोक स्कुल द्वितीय र एसएस स्कुलले तृतीय स्थान हासिल गर्यो। बिजेता स्कुलहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी नेशनल मोडेल स्कुलका सुदिप खड्का, स्पाइकर अभिराज बस्नेत, लिब्रो, प्रिन्स श्रेष्ठ र उत्कृष्ट कोच नेशनलकै प्रकाश सर्माले ट्रफी पाए। त्यस्तै उत्कृष्ट बचाउ गर्ने त्रिलोक स्कुलका अनुप न्यौपाने र उत्कृष्ट सटर नवराज खातीले ट्रफी पाए। त्यस्तै उत्कृष्ट ब्लकर अरुनी स्कुलका समीर बुडामगरले ट्रफी हात पारे। त्यसैगरी प्रतियोगितामा राष्ट्रिय रेफ्री शान्ति गुरुङ, प्रकाश श्रेष्ठ र सन्जिव रेग्मिले भलिवलको प्रतियोगिताको रेफ्रीको भुमिकामा रहे।

    20210221175349_IMG_8681.JPG

    'स्वास्थ्यका लागि खेलकुद, शिक्षाका लागि खेलकुद' भन्ने मुल नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगिता नेसनल मोडेल स्कुलको प्राङ्गणमा सम्पन्न भयो। प्रतियोगिता बालाजु शैक्षिक मञ्चका संस्थापक अध्यक्ष डिएन अधिकारिले रेफृलाई बल हस्तान्तरण गरेर उद्घाटन गर्नुभयो। भलिबल प्रतियोगिता उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रम स्कुलका आर्थिक बिभाग प्रमुख दोर्ण बहादुर अधिकारीले संचालन गर्नुभयो। कार्यक्रममा मञ्चका सचिव रमेशराज सर्मा (अदित्य स्कुल), कोषाध्यक्ष सिद्ध गिरि लगाएत स्कुलका प्राचार्य, शिक्षक तथा विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो।

    20210221174930_IMG_8663.JPG

    बालाजु शैक्षिक मञ्चमा १२ वटा स्कुल सदस्य रहेको छन। विद्यार्थीहरुको शैक्षिक एबं अतिरिक्त क्रियाकलापको क्षेत्रमा चौतर्फी बिकासका र नेपालको राष्ट्रिय खेल भलिबलको बिकासका लागि हरेक बर्ष भलिबल प्रतियोगिता गर्दै आइरहेको छ।

    20210221234710_IMG_8730.JPG

    यसका अलवा मञ्चले शैक्षिक क्षेत्रको स्तरउन्नतिको लागि विभिन्न तालिम, गोस्ठी कार्यशाला, एबं विद्यार्थीहरुको शारीरिक र मनोबैज्ञानिक बिकासका लागि खेलकुदका विभिन्न कार्यक्रमहरु जस्तै बास्केटबल, टेबलटेनिस, भलिवल, फुटसल, तिज नृत्य प्रतियोगिता, हाजिरिजवाफ, बक्तृत्वकला, जस्ता विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

    20210221174808_IMG_8657.JPG20210222002505_IMG_8737.JPG20210221175121_IMG_8673.JPG

    20210221233915_IMG_8724.JPG20210221230433_IMG_8709.JPG20210221185306_IMG_8696.JPG20210221174846_IMG_8658.JPG20210221175149_IMG_8675.JPG20210222003718_IMG_8764.JPG20210222003405_IMG_8752.JPG20210222003830_IMG_8769.JPG20210222003035_IMG_8748.JPG20210222002920_IMG_8746.JPG20210222002812_IMG_8743.JPG20210222002835_IMG_8744.JPG

    images
    शुक्रवार, मंसिर १५ २०८००९:४४:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार