Nov 21 2026 | २०८३, मंसिर ६ गते

पानद्वारा सातै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक र विद्यालय सम्मानित

पानद्वारा सातै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक र विद्यालय सम्मानित

  • 142
    SHARES

  • पानद्वारा सातै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक र विद्यालय सम्मानित

    जनकपुरधाम, ४ मङ्सिर । प्रधानाध्यापक संघ नेपाल (पान) ले सातै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक तथा विद्यालयलाई सम्मान गरेको छ। पानको तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ को अवसरमा आयोजित कार्यक्रममा आधारभूत र माध्यमिक तहका उत्कृष्ट प्रधानाध्यापक तथा विद्यालयलाई सम्मान गरिएको हो।

    नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मानित व्यक्तित्व तथा विद्यालयका प्रतिनिधिहरूलाई सम्मान प्रदान गरेका थिए।

    IMG-20261120-WA0008.jpg

    आधारभूत तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशी प्रदेशबाट राजेशप्रसाद यादव, मधेसबाट प्रेमकुमारी यादव, बागमतीबाट बिनिता रञ्जित, गण्डकीबाट विश्वमोहन पोखरेल, लुम्बिनीबाट गङ्गा शर्मा, कर्णालीबाट ज्ञानु गुरुङ र सुदूरपश्चिमबाट मानसिंह ऐर सम्मानित भएका छन्।

    त्यस्तै, माध्यमिक तहका उत्कृष्ट प्रधानाध्यापकतर्फ कोशीबाट डा. इन्द्रमोहन झा, मधेसबाट गौरीशंकर चौधरी, बागमतीबाट दलबहादुर बल, गण्डकीबाट शान्त नेपाली, लुम्बिनीबाट मोहनप्रसाद सापकोटा, कर्णालीबाट खड्क रोकाया र सुदूरपश्चिमबाट लक्ष्मणदत्त भट्ट सम्मानित भएका छन्।

    IMG-20261120-WA0009.jpg

    यसैगरी, सातै प्रदेशबाट छनोट भएका उत्कृष्ट आधारभूत तथा माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ। विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापकीय क्षमता तथा सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै विद्यालयहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    यस अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका शिक्षा पत्रकार दिनेश गौतम र मोनिका झालाई पनि सम्मान गरिएको छ। शिक्षा क्षेत्रका गतिविधि, शैक्षिक सवाल तथा नीतिगत विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्दै शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    सम्मेलनको उद्घाटन गर्दै प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको शिक्षा प्रणालीमा सामुदायिक र निजी गरी दुई धार कायम रहनुले शैक्षिक गुणस्तरमा असर परेको टिप्पणी गरे। उनले शिक्षा क्षेत्रको समग्र सुधारका लागि विद्यमान चुनौतीमाथि गम्भीर विमर्श र सुधारका ठोस प्रयास आवश्यक रहेको धारणा राखे।

    IMG-20261120-WA0018.jpg

    मङ्सिर ६ गतेसम्म सञ्चालन हुने सम्मेलनमा देशका सातै प्रदेशबाट एक हजारभन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ।

    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, विद्यालय नेतृत्वको सुदृढीकरण तथा तीनै तहका सरकारबीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको पानका अध्यक्ष सुदाम गौतमले बताए। सम्मेलनले विद्यालय शिक्षाको सुधारका लागि साझा प्रतिबद्धता र आगामी रणनीति तय गर्नेछ उनको भनाई छ। प्रधानाध्यापक संघ राजनीतिक संगठन नभएकाले अधिकारका विषयभन्दा सामुदायिक हित र विद्यालय शिक्षाको सुधारलाई केन्द्रमा राखेर छलफल गरिने उनले स्पष्ट पारे।

    IMG-20261120-WA0012.jpg

    सम्मेलनका क्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, समतामूलक पहुँच, शिक्षकको पेसागत मर्यादा तथा शैक्षिक अधिकारको कार्यान्वयनलगायतका विषय समेटिएको ‘जनकपुर घोषणापत्र’ जारी गरिने आयोजकले जनाएको छ। साथै, संघको बहुवर्षीय रणनीतिक योजनासमेत सार्वजनिक गरिनेछ।

    सम्मेलनबाट सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार, प्रधानाध्यापकको नेतृत्व क्षमता विकास तथा विद्यालय शिक्षासँग सम्बन्धित नीतिगत र व्यावहारिक समस्याको समाधानका लागि साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।

    images
    शुक्रवार, मंसिर ५ २०८३०९:३४:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार