Oct 02 2026 | २०८३, आश्विन १६ गते

यसबर्ष एसइईमा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने ।

यसबर्ष एसइईमा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने ।

  • 584
    SHARES

  • यसबर्ष एसइईमा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने ।

    पुस, ५ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइई २०८० को परिक्षामा कम्तिमा ३५ प्रतिशत अंक ल्याउनै पर्ने बताएका छन। शर्माले एक कार्यक्रममा बोल्दै २०८० को एसईई परीक्षा सञ्चालन हुने नयाँ ग्रेडिङ प्रणाली अनुसार कम्तीमा ३५% ल्याउनै पर्ने प्रणाली लागु हुने बताएका हुन।

    नेसनल प्याव्सन भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले एसइई २०८० मा विद्यार्थीहरुले कम्तीमा ३५% प्रतिशत ल्याउनै पर्ने प्रणाली लागु हुने बताउनुभयो।

    FB_IMG_1703122868641.jpg

    बोर्डका अध्यक्ष डा शर्माले भने, 'एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ। यस वर्षकै एसईई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसशईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ।'

    कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका जिल्ला अध्यक्ष संजय खड्काले कोभिड –१९ पछि विद्यार्थीहरूको सिक्ने र पढ्ने जाँगरमा ह्रास आएको र तत्कालीन अक्षराकं प्रणालीको कारण नपढे नि उत्तीर्ण भइनेछ भन्ने विद्यार्थी र अभिभावकहरू भ्रममा रहेकाले पनि विद्यार्थी तथा अभिभावकहरूलाई परीक्षा विशेष एवं सिकाईमा सहभागिता सम्बन्धी यस्तो अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै जानु पर्ने बताउनुभयो।  

     

    images
    बिहिवार, पौष ५ २०८००९:२३:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार