Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेशनल मोडेल स्कुलको स्पोर्ट्स कार्निभल शुरु

नेशनल मोडेल स्कुलको स्पोर्ट्स कार्निभल शुरु

  • 1.9K
    SHARES

  • नेशनल मोडेल स्कुलको स्पोर्ट्स कार्निभल शुरु

    फागुन, ४ गते काठमाडौ । काठमाडौको महानगरपालिका बालाजु १६ नेपालटारमा अवस्थित नेशनल मोडेल माध्यमिक स्कुलको स्पोर्ट्स कार्निभल (खेलकुद सप्ताह) शुरु भएको छ। स्वस्थ जिवनका लागि खेल भन्ने नारासहित नेशनल मोडेल स्कुलको ९औं Sports Carnival -2080 शुरु भएको हो।

    20210508185515_IMG_5009.JPG

    काठमाडौको उत्तरी भेगकै उत्कृष्ट र नमुना स्कुलको रुपमा स्थापित नेशनल मोडेल स्कुलको स्पोर्ट्स कार्निभल कार्यक्रम उद्घाटन समारोहमा स्कुका एक हजार विद्यार्थीहरुको मार्चपास सहित एक भब्य कार्यक्रमकाबिच शुरु भयो।

    20210508185210_IMG_4995.JPG

    खेलकुद सप्ताह समारोह स्कुलका प्राचार्य डिएन अधिकारीले रिबन काटेर उद्घाटन गर्नुभयो। भने उद्घाटन समारोहामा नेशनल मोडेल स्कुलका अध्यक्ष राम प्रसाद अर्याल, प्राचार्य डिएन अधिकारी, आर्थिक विभाग प्रमुख दोर्ण अधिकारी, स्कुल इन्चार्ज कमल पोखरेल लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थित रहेको थियो।

    20210508184436_IMG_4973.JPG

    खेलकुद सप्ताहको पहिलो खेल नेपालको राष्ट्रिय खेल भलिबल खेल्दै उद्घाटन भयो। खेलकुदमा कक्षा नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरु सहभागी हुने बताइएको छ। फागुन ३ गते देखि ७ गते सम्म संचालन हुने खेलकुद सप्ताहमा भलिबल, टेबलटेनिस, बास्केटबल, दोरि तान्ने, फूटसल, दौड साथै विभिन्न बौद्धिक खेलहरु, चित्रकला, गणितीय रेस, हाजिरिजवाफ, चेस, हिज्य, ब्यक्तित्वकला, कबिता, निबन्ध लेखन, लगाएत ३० वटा भन्दा धेरै खेलहरु खेलाइने स्कुलका प्राचार्य डिएन अधिकारीले बताउनुभयो। नेशनल मोडेल स्कुलले हरेक बर्षनै खेलकुद सप्ताह आयोजना गर्ने गरेको उहाँले बताउनुभयो।

    20210508185022_IMG_4994.JPG

    शैक्षिक क्रियाकलाप संगसंगै स्वस्थ जिवनका लागि खेलकुद भन्ने नाराका साथ विद्यार्थीहरुलाई मनोरञ्जन र उनिहरुको प्रतिभाको बिकास गर्ने उदेश्यले खेलकुद आयोजना गरेको प्राचार्य अधिकारीले बताउनुभयो।

    खेल हाउस वाइज र लेभल वाइज खेलाइने स्कुलका आर्थिक बिभाग प्रमुख दोर्ण बहादुर अधिकारीले बताउनुभयो । विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक बिकासका लागि खेलले अत्यन्तै सकारात्मक भुमिका खेल्ने उहाँले बताउनुभयो । साथै विद्यार्थीको इच्छा चाहना अनुरुप खेलमा विद्यार्थीहरुलाई सहभागी गराइने अधिकारीले बताउनुभयो।

    20210508183723_IMG_4964.JPG

    खेलमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई आकर्षक पुरस्कार सहित सहभागी विद्यार्थीहरुको लागी २ हजार भन्दा बढी मेडल तथा प्रमाणपत्र बितरण गरिने बताइएको छ।

    स्पोर्ट कार्निभल उद्घाटन समारोह बेलुनमा ब्यानर टासेर आकाशमा उडाउदै शुरु भएको थियो। साथै उक्त ब्यानर भेटाएर ल्याउने ब्यक्तिलाई सबै विद्यार्थीहरुको माझमा रु. २५ सय पुरस्कार समेत दिइने बताइएको छ।

    20210508183714_IMG_4963.JPG20210508183605_IMG_4960.JPG20210508201114_IMG_5042.JPG20210508201048_IMG_5039.JPG

     

    images
    शुक्रवार, फाल्गुण ४ २०८००७:२८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार