सोमवार, फाल्गुण ७ २०८०
फागुन, ७ गते काठमाडौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) अन्तर्गत पश्चिम क्षेत्र (Western Region) अन्तर-कलेज खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। आइतवार कलंकिमा अवस्थित काठमाडौ भ्याली कलेजमा खेलाडीहरुलाइ पुरस्कार बितरण गर्दै Western Region Inter-school Compilation 2080 सम्पन्न भएको हो।

प्रतियोगिता समापन समारोहमा सभापति हिसान काठमाडौ जिल्ला अध्यक्ष जेसिका चेमजोङ रहनुभयो। त्यस्तै कार्यक्रममा प्रमुख अतिथी हिसान केन्द्रिय उपाध्यक्ष डा.स्वागत श्रेष्ठ रहनुभयो।
प्रतियोगितामा भलिवल, फूटसल, बास्केटबल, डोरि तान्ने, तथा हाजिरिजवाफ तथा बक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो। जसमध्ये भलिवल एड-मार्क कलेजमा भएको थियो भने फुटसल बाफल स्थित ग्रीनफिल्ड कलेजमा भएको थियो।

हाजिरी जवाफ प्रतियोगिता कलंकी स्थित काष्ठमण्डप कलेजमा भएको थियो। साथै डोरि तन्ने खेल काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटमा भएको थियो। त्यसैगरी बक्तित्वकला प्रतियोगिता कामना स्कुलमा र बासकेटबल प्रतियोगिता कलंकी स्थित काठमाडौ भ्याली कलेजमा आयोजना गरेको थियो।
बक्तित्वकला प्रतियोगिता अन्तर्गत कामना इन्टरनेशनल कलेजकि सिमा गुरुङ प्रथम, राइजिङ स्टारका रोशन देशार द्वितीय र एलएसएसकि काया शर्माले तृतीय स्थान हात पारिन।
भलिबल प्रतियोगिता अन्तर्गत काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले प्रथम स्थान हात पार्यो। त्यस्तै एड-मार्क कलेजले द्वितीय र जुबिलियन्ट कलेजले तृतीय स्थान हात पार्यो।
फुटसल अन्तर्गत काठमाडौ कलेज अफ सेन्ट्रल स्टेट प्रथम, नेपाल काष्ठमण्डप कलेज द्वितीय र क्यापिटल हिल कलेजले तृतीय स्थान हात पारेका छन। साथै फूटसल अन्तर्गत बेस्ट गोलकिपर KCCS का सुमन गोले, बेस्ट प्लेयर SCCS कै माइकल थापा र सबै भन्दा बढी गोल हान्नेमा नेपाल काष्ठमण्डप कलेजका रोशन खड्का रहेका छन्।
डोरि तन्ने खेल अन्तर्गत ग्रीनफिल्ड कलेज प्रथम, कामना इन्टरनेसनल कलेज द्वितीय र काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले तृतीय स्थान हात पार्यो।

त्यस्तै बास्केटबल प्रतियोगिता अन्तर्गत ग्रीनफिल्ड कलेज प्रथम, एड-मार्क कलेज द्वितीय र काठमाडौ भ्यालिकलेजले तृतीय स्थान हात पार्यो। बास्केटबल अन्तर्गत Most valuable player ग्रीनफिल्डका सोनम लामा, highest scorer ग्रीनफिल्ड्कै शुसान्त कार्की भए। खेलकुद कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय हुने टिम र खेलाडीहरुलाइ मेडल, ट्रफी र प्रमाणपत्रको व्यबस्था गरेको थियो।

समापन समारोहमा बोल्दै प्रमुख हिसानका सचिव तथा आर.बि. अधिकारिले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासलाई मध्यनजर गर्दै खेलकुद आयोजना गरेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी तथा हिसानका उपाध्यक्ष डा.स्वागत श्रेष्ठले मन्तव्य दिनुभयो। उहाँले शारीरिक तथा माससिक बिकासका साथै खेलका माध्यमबाट विद्यार्थीहरुको कला र कौशलताको पहिचान गर्न खेल आयोजना गरेको बताउनुभयो।

खेलको समापन गर्दै सभापती तथा हिसानको जिल्ला अध्यक्ष जेसिका चेमजोङले सम्पुर्ण सहभागी विद्यार्थी तथा खेल खेलाउन सहयोग गर्ने बिद्यालय तथा शिक्षक,कर्मचारी र रेफ्री हरुलाइ धन्यवाद दिदै समापन गर्नुभयो।

समापन कार्यक्रममा हिसानका सचिव आर.बि. अधिकारी, प्याब्सनका केन्द्रिय सचिव पुरुषोत्तम अधिकारी, हिसान काठमाडौ जिल्लाका निवर्तमान अध शिव अधिकारी, हिसान बागमती प्रदेश सदस्य तथा नेशनल प्याब्सन निवर्तमान अध्यक्ष खडक बस्नेत, हिसान काठमाडौ जिल्ला उपाध्यक्ष ऋषि न्यौपाने, हिसान नागार्जुन अध्यक्ष जयराम चापागाईं, हिसान काठमाडौ महानगर उपाध्यक्ष महेस श्रेष्ठ, नेपाल काष्ठमण्डप कलेजका प्रिन्सिपल पेशल लुइँटेल, काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटका एकेडमी डाइरेक्टर टंक गैरे, काठमाडौ भ्याली कलेजकी प्रिन्सिपल संगिता श्रेष्ठ लगाएत विभिन्न कलेजका प्राचार्य, डाइरेक्टर तथा शिक्षक हरुको उपस्थिति रहेको थियो।