Oct 02 2026 | २०८३, आश्विन १६ गते

हेटौंडा उपमहानगरका तीनवटा बिद्यालय बालमैत्री घोषणा

हेटौंडा उपमहानगरका तीनवटा बिद्यालय बालमैत्री घोषणा

  • 500
    SHARES

  • हेटौंडा उपमहानगरका तीनवटा बिद्यालय बालमैत्री घोषणा

    फागुन, २३ गते हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा तीनवटा विद्यालय बालमैत्री घोषणा गरिएका छन् । मंगलवार एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिका– ८ कमानेमा रहेको चन्द्रोदय मावि, हेटौँडा– १६ हटियामा रहेको जनप्रिय मावि र हेटौँडा– २ मा रहेको बालजागृति इंग्लिस सेकेन्डरी स्कुललाई बालमैत्री घोषणा गरिएको हो।

    तीन वटा मध्य दुई सामुदायिक र एक संस्थागत विद्यालय हुन। हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारीको सिलसिलामा विद्यालयहरूलाई बालमैत्री घोषणा गरिएको बताइएको छ। हेटौंडा उपमहानगरपालिकाभिय्र हाल एक सय २० विद्यालय रहेकोमा ७३ सामुदायिक र ४७ संस्थागत विद्यालय छन् ।

    मंगलबार आयोजित औपचारिक कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रूपमा बालमैत्री विद्यालय घोषणा गरे । बालमैत्री स्थानीय शासन घोषणाको लागि विद्यालयहरूले पूरा गर्नु पर्ने ११ वटा विभिन्न सूचकअन्तर्गतका २६ वटा कार्यहरू पूरा गरेकोले बालमैत्री घोषणा गरिएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी दिएको छ ।

    बालमैत्री घोषणा भएका विद्यालयहरूले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सर्वांगिण विकासमा सहयोग पुर्याउँदै बाल अधिकारका क्षेत्रहरूलाई अक्षरशः पालना गर्न सक्षम रहेको दावी गरिएको छ ।

    बालमैत्री स्थानीय शासनको लागि विद्यालयको गेटमा मद्यपान, धूमपान, सुर्तीजन्य वस्तु प्रयोग निषेधित क्षेत्र, विद्यालयको चारैतर्फ १०० मिटरको दूरीभित्र सुर्तीजन्य वस्तु बिक्री वितरण गर्न पाइने छैन भन्ने सूचना टाँस्नु पर्ने, विद्यालयको शौचालयमा साबुन पानीको व्यवस्था मिलाउने, बालमैत्री आधार संहिताबारे एक महिनामा तीन घण्टा विद्यार्थीसँग छलफल गर्ने वातावरण मिलाई प्रमाण राख्ने, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको रेकर्ड राख्नेजस्ता कार्य नियमित हुनुपर्ने व्यवस्था छ ।

    यसैगरी, विद्यालयमा बालअधिकार तथा बालमैत्री स्थानीय शासनको परिभाषा टाँस गर्ने, बालविकास केन्द्र र सवारीसाधनको मापदण्डअनुसार बालविकास केन्द्र व्यवस्थापन गर्ने, विद्यालयमा विद्यार्थीलाई विपत् पूर्वव्यवस्थापनसम्बन्धी अतिरिक्त सत्र सञ्चालन गर्ने, सेनिटरी प्याड प्रयोग डिस्पोजल प्रबन्धको रेकर्ड व्यवस्थापन गर्नेजस्ता २६ वटा सूचकहरू तोकिएका छन् । 

     

    images
    बुधवार, फाल्गुण २३ २०८०१२:०३:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार