आइतवार, बैशाख २ २०८१
बैशाख, २ गते काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) को परीक्षा केन्द्रको नामावली सार्वजनिक गरेको छ ।
आयोगले बैशाख ८ गते संचालन हुने लिखित सामान्य परीक्षाको केन्द्रगत उम्मेदवारहरूको रोल नम्बर सहितको केन्द्रगत विवरण सार्वजनिक गरेको हो ।
आयोगले गरेको बिज्ञापन अनुसार नेपाली विषयका लागि १२०, अङ्ग्रेजीका लागि १८४, गणितका लागि १३३, विज्ञानका लागि १६८, सामाजिकका लागि १२४, गणित–विज्ञानका लागि ७२ पद भएको छ भने अन्य विषय यथावत रहेका छन् ।
त्यसमध्ये, शुक्ल युजुर्वेदका लागि १, कम्प्युटर विज्ञानका लागि १ संस्कृत भाषाका लागि ५ गरी जम्मा ७७८ रिक्त पदका लागि आवेदन माग गरेको छ ।
https://drive.google.com/file/d/11xAGSm2L-kHhK-8_5wS4aOSPVwpTU1Tz/view?usp=drivesdk










