Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षा सुधारका लागि संघर्षरत नेत्रको विरोधलाई बालविकास शिक्षकहरूको ऐक्यबद्धता

शिक्षा सुधारका लागि संघर्षरत नेत्रको विरोधलाई बालविकास शिक्षकहरूको ऐक्यबद्धता

  • 985
    SHARES

  • शिक्षा सुधारका लागि संघर्षरत नेत्रको विरोधलाई बालविकास शिक्षकहरूको ऐक्यबद्धता

    जेठ, ७ गते काठमाडौ । प्रारम्भिक तहको शिक्षा सुधारका लागि पाँच दिनदेखि उभिएर विरोध जनाइरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँलाई नेपाल बालविकास शिक्षक सङ्घर्ष केन्द्रीय समितिले ऐक्यबद्धता जनाएको छ ।

    चापागाईंले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन राखेका छन्। विद्यार्थीको खाजा खर्च १५ रुपैयाँ रहेकोमा बढाएर ५० बनाउनुपर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनुपर्ने माग राखेका छन्।

    बालविकास शिक्षक सङ्घर्ष केन्द्रीय समितिले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, “सामुदायिक विद्यालयको आधारशिला भनिने बालविकासमा कार्यरत शिक्षकको सेवा सुविधा र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको तलब व्यवस्थापन हुनुपर्ने र बालविकासमा कार्यरत शिक्षकलाई मन्टेश्वरी तालिम दिएर दक्ष बनाउनु पर्ने लगायत शिक्षा क्षेत्रमा सुधार हुनुपर्ने महत्वपूर्ण माग राख्दै समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष नेत्र चापागाई विगत ६ दिन देखि एकल आन्दोलनरत हुनुहुन्छ, यी महत्वपूर्ण माग सहितको आन्दोलनलाई हाम्रो नेपाल बालविकास सङ्घर्ष समिति केन्द्रको तर्फबाट सफलताको शुभकामना सहित पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछौ” ।

    आन्दोलनरत नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईँले आधारभूत तहको शिक्षामा सरकारी तह र निजीको असमानतालाई हटाउन, विद्यार्थीको खाजा खर्च १५ रहेकोमा ५० बनाउन, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउन, पर्याप्त सिकाई सामग्री, खेल सामग्री र उपयुक्त पाठ्यक्रमको व्यवस्था गर्न माग गरेका छन् ।

    IMG-20240520-WA0002.jpg

    images
    सोमवार, जेठ ७ २०८१०७:४८:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार