Aug 13 2026 | २०८३, श्रावण २८ गते

एसइई गिताञ्जली बास्केटबल प्रतियोगिता सम्पन्न ।

एसइई गिताञ्जली बास्केटबल प्रतियोगिता सम्पन्न ।

  • 2.2K
    SHARES

  • एसइई गिताञ्जली बास्केटबल प्रतियोगिता सम्पन्न ।

    जेठ, ११ गते काठमाडौ । नयाँबजारमा अवस्थित गिताञ्जली स्कुल/कलेजको दोस्रो एसईई कप बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। गत ९ गते देखि शुरुभएको बास्केटबल प्रतियोगिता आज ससम्पन्न भएको हो।

    1000004224.jpg

    गीताञ्जली स्कुल/कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुको लागि बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो।

    काठमाडौ भरीबाट बास्केटबल प्रतियोगितामा सहभागी १६ वटा टिम मध्य रोयल इन्स्टिट्युटले पहिलो स्थान हात पार्यो । त्यस्तै बाफलमा अवस्थित ग्रीनफिल्ड स्कुलले द्वितीय स्थान र नयाँंबजारमा अवस्थित मानास्लु पब्लिक स्कुलले तृतीय स्थान हात पार्यो ।

    1000004239.jpg

    प्रतियोगितामा रोयल ईन्स्टिच्युट सुभ श्रेष्ठले बेस्ट प्लेयरको पुरस्कार प्राप्त गरेका छन्।

    प्रतियोगितामा प्रथमहुने टिमले नगद रु. ७ हजार, द्वितीय हुने टिमले रु.५ हजार र तृतीय हुने टिमले रु. ३ हजार सहित मेडल तथा प्रमाणपत्र पाएका थिए । साथै सहभागी सबै टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    1000004301.jpg

    बास्केटबल प्रतियोगिताको समापनमा समारोहमा बोल्दै प्राचार्य बेद प्रसाद पन्तले बास्केटबल प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना भए छात्रवृत्ति दिने बताउनुभयो।

    1000004300.jpg

    गीताञ्जली स्कुल/कलेजले विद्यार्थीहरुको चौतर्फी बिकासको लागि खेलकुद लगाएत विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गर्दै आएको छ। कलेजले जेठ २५ गते उद्घाटन गर्ने गरि फूटसल प्रतियोगिता गर्ने समेत जानकारी दिएको छ।

    1000004184.jpg

    साथै फूटसल प्रतियोगिता बिजेताले २० हजार पुरस्कार जित्ने मौका समेत प्राप्त गर्ने छन र उत्कृष्ट विद्यार्थीहरुलाई कक्षा ११ को भर्नामा पुर्ण छात्रवृत्तिको ब्यबस्था गर्ने जानकारी दिएको छ। फुटसल टिम दर्ता रु ३ हजार राखिएको छ।

    बास्केटबलको प्रतियोगिता समापन कार्यक्रम संचालन स्कुल्लका कोर्डिनेटर तथा अतिरिक्त क्रियाकलाप बिभाग समीर केसीले गर्नुभयो भने समापन समारोह स्कुल/कलेजका अध्यक्ष गोविन्द प्रसाद आचार्यको सभापतित्वमा संचालन भयो।

    1000004181.jpg

    समापन समारोहमा गीताञ्जलि स्कुल/कलेजका फाइनान्स डाइएक्टर भिमप्रसाद भट्टराई, कोर्डिनेटर बासुदेव अधिकारी लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    images
    शुक्रवार, जेठ ११ २०८१०६:५०:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार