बुधवार, जेठ २३ २०८१
जेठ, २३ गते काठमाडौ । नेशनल मोडेल इङलिस स्कुलले विश्व वातावरण दिवसको अवसरमा फोहोर संकलन सामाग्री बितरण तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौ महानगरपालिका १६ बालाजुमा अवस्थित स्कुलले स्थानिय समुदायमा फोहोर संकलन समाग्री वितरण तथा बालाजु पार्क सरसफाइ गरेको हो।

विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा कक्षा ७ देखि १० का ४ सय भन्दा बढी विद्यार्थीहरुले एक र्याली आयोजना गरि समुदायमा सरसफाइ संकलन सामाग्री बितरण तथा काठमाडौको बालाजु वाइपासमा रहेको बाईसधारा पार्कभित्र रहेका मठमन्दिर सरसफाई गरेको स्कुलका प्राचार्य डिएन अधिकारिले बताउनुभयो ।

हरेक वर्ष जुन ५ तारिखका दिन मनाइने विश्व वातावरण दिवसका अवसरमा विद्यालयले सामाजिक दायित्व अन्तर्गतको क्रियाकलापहरु गर्दै आएकोमा यसवर्ष ‘हाम्रो भूमि,हाम्रो भविष्य’भन्ने नाराका साथ वातावरण बारे जनचेतना फैलाउदै स्थानिय क्षेत्रमा सरसफाइ गरेको प्राचार्य अधिकारीले बताउनुभयो ।

शिक्षा संगै संस्कारमा समेत बिशेष ध्यान दिदै आएको नेशनल मोडेल इङलिस स्कुल यस भेगको सबैभन्दा धेरै विद्यार्थी संख्या भएको र उत्कृष्ट स्कुल हो। स्कुलले पढाईका साथसाथै सामाजिक दायित्व अन्तर्गत सरसफाइ, जनचेतनामुलक कार्यहरू, स्वास्थ्य क्याम्पहरु राख्ने कार्य गर्दै आएको छ।



