Aug 13 2026 | २०८३, श्रावण २८ गते

गीताञ्जली एसईई फूटसल टुर्नामेन्टको टाइसिट सार्वजनिक

गीताञ्जली एसईई फूटसल टुर्नामेन्टको टाइसिट सार्वजनिक

  • 1.1K
    SHARES

  • गीताञ्जली एसईई फूटसल टुर्नामेन्टको टाइसिट सार्वजनिक

    जेठ, २४ गते काठमाडौ । काठमाडौको नयाँबजारमा अवस्थित गीताञ्जली कलेजले आयोजना गरेको 'एसईई कप फुटसल टुर्नामेन्ट-२०८१' को टाइसिट सार्वजनिक गरेको छ। कलेजले एक पत्रकार सम्मेलन आयोजना गरि खेलको टाइसिट सार्वजनिक गरेको हो।

    20210828235121_IMG_9115.JPG

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरेको स्कुल/कलेजका प्राचार्य बेद प्रसाद पन्तले बताउनुभयो । प्रतियोगितामा ३० वटा टिम सहभागी रहेका छन। भने खेल नकआउट चरणमा खेलाइने छन्।

    खेल बिहान ८ बजे देखि नयाँबजारको रिभर फिल्ड फूटसल मैदानमा संचालन हुने छन ।

    FB_IMG_1717679984773.jpg

    विद्यार्थीहरुमा लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले खेल आयोजना गरिएको प्राचार्य पन्तले बताउनुभयो। गीताञ्जली स्कुल/कलेजमा अध्यायन गरेका हालसम्म १९ जना विद्यार्थीहरु फूटबलको राष्ट्रिय टिममा समेत खेली सकेकाले खेलको माध्यमबाट विद्यार्थीहरुलाई अगाडि बढाउन र राष्ट्र निर्माणमा सघाउ पुर्‍याउन साथै सामाजिक उत्तर दायित्व अन्तर्गत, राष्ट्रको गहना निर्माण गर्ने उदेश्यले फूटसल टुर्नामेन्ट आयोजना गरिएको प्राचार्य पन्तले बताउनुभयो।

    20210828235259_IMG_9117.JPG

    फूटसल प्रतियोगितामा बिजेता प्रथम हुने टिमले रु. २० हजार नगद र द्वितीय हुने टिमले रु.१० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। साथै उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलकिपरले रु. एक हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। साथै सहभागी खेलाडिहरुले प्रमाणपत्र प्राप्त गर्ने छन।

    फूटसल प्रतियोगितामा सहभागी हुनको लागि टिम दर्ता शुल्क रु. तीन हजार राखिएको छ।

    20210828224922_IMG_9090.JPG

    फूटसल प्रतियोगितामा उत्कृष्ट खेल्ने ५ जना खेलाडिलाई कक्षा ११ मा पुर्ण नि:शुल्क छात्रवृत्ति दिएर पढाउने घोषणा गरेको छ। गीताञ्जली कलेजले यसअघि आयो जना गरेको बास्केटबल प्रतियोगितामा समेत उत्कृष्ट ५ खेलाडिहरुलाई कक्षा ११ मा नि:शुल्क छात्रवृत्तिमा पढाउने घोषणा गरिसकेको छ।

     

    images
    बिहिवार, जेठ २४ २०८१०५:५५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार