बिहिवार, आषाढ ६ २०८१
असार, ६ गते काठमाडौं । काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले आयोजना गरेको एसईई ३ बाई ३ बास्केटबल प्रतियोगिता शुरु भएको छ। एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित आयोजना गरिएको उक्त प्रतियोगितामा २० वटा टिम सहभागी रहेका छन।

खेल दुई दिन असार ६ र ७ गतेसम्म कलेजको बास्केटबल मैदानमा हुनेछन। प्रतियोगिताका सहभागी टीमहरूलाई चार वटा समुहमा विभाजन गरिएको छ। हरेक पोलका विजेता नकआउट चरणमा चयन हुनेछन्। स्केटबल प्रतियोगिता प्रथम हुने टिमले नगद रु. १० हजार र द्वितीय स्थान हातपार्ने टिमले रु. ५ हजार नगद साथै ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।
बास्केटबल प्रतियोगिता त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रो.डा. पशुपति अधिकारीले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै प्राध्यापक डा. अधिकारीले खेल जिवनको अभिन्न अंग भएकोले स्वास्थ्यका लागी खेल अपरिहार्य रहेको बताउनुभयो। खेलको माध्यमबाट विद्यार्थीहरुको सर्बांगिण बिकासमा टेवा पुग्ने भएकोले यसलाई अनुशासित ढंगले खेल्न विद्यार्थीहरुलाई सुझाव दिमुभयो साथै उहाँले खेललाई संस्कृतिको अभिन्न अंग बनाउनु पर्नेमा जोड दिनुभयो। 
कार्यक्रममा कलेजका एकेडेमी डाइरेक्टर टंक गैरेले काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटले पढाइ संगसंगै खेलकुदलाई बिशेष प्राथमिकता दिएको बताउनुभयो। देशको खेलकुदमा बिकास, शारीरिक तथा मानसिक तन्दुरुस्ती र विद्यार्थीहरुमा अनुशासन कायम गर्ने भएकोले कलेजले बास्केटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । साथै प्रतियोगितामा उत्कृष्ट खेल्ने विद्यार्थीहरुलाई कल्शा ११ मा छात्रवृत्ति दिएर पढाउने घोषणा गर्नुभयो ।

बास्केटबल प्रतियोगिता उद्घाटन समारोहमा एकेडेमी डाइरेक्टर टंक गैरेको सभापतित्वमा भएको थियो भने साहयक क्याम्पस प्रमुख जीवन थापाले कार्यक्रम संचालन गर्नुभयो। उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा कालिमाटी प्रहरी प्रभागका प्रमुख रुपक खड्का, काठमाडौ नेशनल प्याब्सनका सचीव रामबाबु सेढाई, कलेजका आर्थिक बिभाग प्रमुख राहुल यादव, बिसिए कोर्डिनेटर अम्बिका देउजा कुवर, +२ कोर्डिनेटर राजन श्रेष्ठ, प्रशासन प्रमुख सिताराम नेपाल लगाएत शिक्षक, कर्मचारीहरुको उपस्थिति रहेको थियो।




