Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेशनल मोडेल स्कुलले गर्‍यो अभिभावक अभिमुखिकरण

नेशनल मोडेल स्कुलले गर्‍यो अभिभावक अभिमुखिकरण

  • 1.2K
    SHARES

  • नेशनल मोडेल स्कुलले गर्‍यो  अभिभावक अभिमुखिकरण

    असार, ८ गते । काठमाडौ महानगरपालिकाको वडा१६ बालाजुमा अवस्थित नेशनल मोडल इङ्लिस सेकेन्डरी स्कुलले Art of Parenting Program अभिभावक अभिमुखिकरण कार्यक्रम गरेको छ । शनिवार नेपालटारको कान्तिपुर ब्याङ्क्यिट्मा एक कार्यक्रमको बिच विद्यालय शिक्षालाई व्यवहारिक जीवनसंग जोड्दै संस्कार सहितको शिक्षामा जोड दिने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे हो।

    20210913192622_IMG_0207.JPG

    बालाजु तारकेश्वर क्षेत्रमा सबैभन्दा धेरै विद्यार्थी पठनपाठन गर्ने यो बिद्यालय काठमाडौको उत्तरिभेगकै सबैभन्दा ठूलो र उत्कृष्ट स्कुल हो। उक्त बिद्यालयमा यस शैक्षिकसत्रमा २ सय भन्दा बढी नयाँ विद्यार्थीहरु थपिएका छन। हाल बिद्यालयला एक हजर भन्दा बढी विद्यार्थी रहेका छन्।

    20210913192234_IMG_0194.JPG

    संस्कार सहितको शिक्षा भन्ने नारा अबलम्बन गरेको उक्त स्कुलले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभवकारी बनाउन विद्यार्थी तथा अभिभावकहरुलाई अभिमुखिकरण गरेको प्राचार्य डिएन अधिकारीले बताउनुभयो ।

    20210913193632_IMG_0228~2.JPG

    अभिभावक आफ्नो बाबुनानिको भविष्य उज्वल चाहन्छन र हामी हाम्रो विद्यार्थीको भविष्य उज्वल चाहन्छौ। हाम्रो उदेश्य एउटै हो। शैक्षिक बर्षको २५ बर्षहेर्दा धेरै अनुभुती छन। हिजो र आजको विद्यार्थीमा धेरै फरक छ। अवको शिक्षा हाम्रो करिकुलमले मात्रै पुग्दैन । हाम्रो विद्यार्थी बाहिर जाँदा हाम्रो विद्यार्थी अलमल छ कि छैन हाम्रो करिकुलम बिश्वब्यापी छ्की छैन भन्ने कुरा ध्यान दिएका छौ प्राचार्य अधिकारिले भनुभयो।

    20210913191507_IMG_0190.JPG

    बालबालिकाको शारीरिक र मानसिक बिकास र भरणपोषणको जिम्मा छुट्टाछुट्टै रूपमा अभिभावक र शिक्षकको मात्र नभई दुवै पक्षको बराबरी दायित्व हुने र बालबालिकाको सर्वाङ्गीण विकासमा जति विद्यालयको हात रहन्छ, त्यति नै दायित्व अभिभावकको पनि हुने गर्दछ। अधिकारिले भन्नुभयो, 'आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि विद्यालयले ठूलो भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे।'

    20210913191059_IMG_0186.JPG

    वर्तमान समयमा विद्यार्थी वर्गमा मौलाउदै गएका मोबाइलको बढ्दो प्रयोग, अनुशासनहिनता, शिक्षा र पढाईप्रतिको घट्दो आकर्षण, खुल्ला वातावरणमा सिक्ने अवस्था हराउँदै जाने जस्ता प्रवृत्ति र त्यसले विद्यार्थीको मानसिकता र शिक्षण सिकाईमा पारेको प्रभाव अहिले समग्र सबैको चिन्ता तथा चासोको विषय बनेकाे कुरालाई मध्यनजर गर्दै विद्यार्थी अनुशासन, सिकाई प्रवलता र संस्कार तथा सभ्यतालाई शिक्षासंग जोड्ने उद्देश्यले साे कार्यक्रम आयाेजना गरिएकाे प्राचार्य अधिकारीले बताउनुभयो।

    20210913220922_IMG_0254.JPG

    कार्यक्रममा प्रशिक्षक तथा मोटिभेसन स्पिकर डा.तारा प्रसाद गिरिले असल अभिभावको भूमिका सम्बधनमा उत्प्रेरणामुलक अभिव्यक्ति दिनुभएको थियो ।

    20210913195103_IMG_0231.JPG

    अभिमुखिकरण कार्यक्रम संचालन स्कुलका आर्थिक निर्देशक दोर्ण बहादुर अधिकारिले गर्नुभएको थियो । अभिमुखिकरण कार्यक्रममा करिब ६ सय भन्दा बढी अभिभावक र शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो।

    20210913190726_IMG_0173.JPG20210913222758_IMG_0261.JPG20210913193250_IMG_0219.JPG20210913223923_IMG_0291~2.JPG

    images
    शनिवार, आषाढ ८ २०८१०६:५४:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार