Oct 04 2026 | २०८३, आश्विन १८ गते

कंचनपुरमा प्रा. अ. द्वारा छात्रामाथी निर्घात कुटपिट ! बिद्यार्थी द्वारा कारबाहीको माग ( बिज्ञप्ति सहित)

कंचनपुरमा प्रा. अ. द्वारा छात्रामाथी निर्घात कुटपिट ! बिद्यार्थी द्वारा कारबाहीको माग ( बिज्ञप्ति सहित)

  • 783
    SHARES

  • कंचनपुरमा प्रा. अ. द्वारा छात्रामाथी निर्घात कुटपिट ! बिद्यार्थी द्वारा कारबाहीको माग ( बिज्ञप्ति सहित)

    भीमदत्त नगरपालिका  मटैना स्थित बजैनाथ सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ९  मा अध्ययनरत छात्रा माथि निर्घात भएको छ ।  सोही विद्यालय का प्रधानाध्यापक खडक विष्ट ले मनिषा नाथ लाइ निर्घात रुपमा कुटपिट गरेको हो ।

    पारिवारिक श्रोत अनुसार उनको टाउकोमा चोट लागेको र घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

    153084146_513569726282400_7133482946567607597_n (1).jpg

    घाइते मनिसा नाथ उपचारको क्रममा !

    छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    त्यसैगरी कुटपिट गरिएको भन्दै विद्यार्थी संगठन हरुद्वारा बिज्ञप्ति जारिगरेका छन् ! बिगतमा समेत पटकपटक बिधार्थी माथि कुटपिट गर्ने गरेको  त्यहाका स्थानीय विद्यार्थी संगठन का नेताहरुको भनाइ छ  !

     केही वर्ष पहिले पनि प्रधानाध्यापक बिष्ट बिद्यार्थी कुटपिट गरेको भन्दै कालोमोसो समेत दलेको थियो । 

     प्रधानाध्यापक बिष्ट अपराधिक चरित्र को भएको भन्दै दुइटा बिद्यार्थी संगठन अनेरास्वियु र अखिल  क्रान्तिकारी ले कारबाहीको लागि जोडदार माग गरेकाछन । बिज्ञप्ति मा भनिएको छ , दोषी प्रधानाध्यापक खडक विष्ट लाई निलम्बन गर्दै कडा भन्दा  कडा कार्वाही का सम्बन्धि निकाय सङ्ग जोडदार माग गर्दछौं। 

    हेर्नुस प्रेस बिज्ञप्ति सहित 

    153100404_427724725344959_6655725107038185779_n.jpg दोषी प्र.अ. खडक विष्ट लाई कडा कडा भन्दा कार्वाही का सम्बन्धि निकाय सङ्ग जोडदार माग गर्दछौं। 

     

    images
    सोमवार, फाल्गुण १० २०७७०९:३०:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार