Oct 03 2026 | २०८३, आश्विन १७ गते

भक्तपुरमा अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

भक्तपुरमा अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

  • 53
    SHARES

  • भक्तपुरमा अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न

    भक्तपुर, असोज १६। आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा अन्तरविद्यालय शिक्षक कसिमला पाँय् प्रतियोगिता सम्पन्न भएको छ। बरदायणी आधारभूत विद्यालयको संयोजनमा शुक्रबार प्रतियोगिता आयोजना गरिएको हो।

    प्रतियोगिताको सभापतित्व आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा संयोजन विद्यालयका प्रधानाध्यापक कृष्णगोपाल आचार्यले गरेका थिए। कार्यक्रममा आचार्यले समिति स्थापनापछि विद्यालयहरूबीच समन्वयसँगै शिक्षक–शिक्षिकाबीच विभिन्न अतिरिक्त तथा सिर्जनात्मक गतिविधि सञ्चालनमा सहकार्य हुँदै आएको बताए।

    उनले आधारभूत विद्यालय समिति भक्तपुरले अवकाशप्राप्त शिक्षक–शिक्षिकालाई समय–समयमा सम्मान गर्दै आएको उल्लेख गर्दै विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका साथै शारीरिक, मानसिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए।

    Messenger_creation_EC8399F5-C100-478A-9731-245F78B310B8.jpeg

    प्रतियोगिताका निर्णायक बुद्धिचालका अन्तर्राष्ट्रिय रेफ्री तथा चिफ आर्बिटर ज्ञानेन्द्र खाइजुले प्रतियोगितालाई चेससँग जोडेर वैज्ञानिक ढंगले मूल्यांकन गर्न स्वीस लिग प्रणालीबाट खेल सञ्चालन गरिएको बताए। प्रतियोगिताको पुरुष शिक्षकतर्फ सन्तति आविका सत्यराम कासिछ्वा प्रथम भए। गणेश माध्यमिक विद्यालयका कृष्णभक्त केसी द्वितीय, तारा माध्यमिक विद्यालयका पूर्णप्रसाद थिके तृतीय तथा जनसेवा आधारभूत विद्यालयका जीवन सुवाल सान्त्वना भए।

    त्यस्तै, महिला शिक्षकतर्फ गणेश माध्यमिक विद्यालयकी लक्ष्मीशोभा न्याईच्याई प्रथम भइन्। बालसेवक आधारभूत विद्यालयकी बिमला त्योछिन द्वितीय, भीम आदर्श आधारभूत विद्यालयकी उर्मिला प्रजापति तृतीय तथा नवीन आविष्कारकी राज्यलक्ष्मी सैंजु सान्त्वना भइन्।

    Messenger_creation_307C8E09-B318-4056-B199-152E4869C227.jpeg

    प्रतियोगितामा विजयी शिक्षक–शिक्षिकालाई आधारभूत विद्यालय समिति भक्तपुरको वार्षिकोत्सवका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिने समितिले जनाएको छ।

    आधारभूत विद्यालय समिति भक्तपुरमा तीन वटा माध्यमिक विद्यालयसहित २४ वटा विद्यालय आबद्ध छन्। समितिले सदस्य विद्यालयहरूबीच सहकार्य, शिक्षक–शिक्षिकाको क्षमता विकास तथा विद्यार्थीको शैक्षिक र अतिरिक्त गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    images
    शनिवार, आश्विन १७ २०८३१२:४३:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार