Oct 03 2026 | २०८३, आश्विन १७ गते

मध्यपश्चिम विश्वविद्यालयको प्रगति र भावी योजनाबारे मन्त्रालयसँग छलफल

मध्यपश्चिम विश्वविद्यालयको प्रगति र भावी योजनाबारे मन्त्रालयसँग छलफल

  • 69
    SHARES

  • मध्यपश्चिम विश्वविद्यालयको प्रगति र भावी योजनाबारे मन्त्रालयसँग छलफल

    सुर्खेत, असोज १७ । मध्यपश्चिम विश्वविद्यालयको समग्र प्रगति, शैक्षिक तथा प्रशासनिक सुधार र भावी योजनाबारे शिक्षा तथा खेलकुद मन्त्रालयसँग छलफल तथा अन्तरक्रिया गरिएको छ।

    वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उपकुलपति ई. डा. राजन सुवालको अध्यक्षता तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा उपकुलपति डा. सुवालले पछिल्लो तीन महिनामा विश्वविद्यालयले हासिल गरेका उपलब्धि तथा आगामी योजनाबारे प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले शैक्षिक तथा प्रशासनिक सुधार, परीक्षा व्यवस्थापन, विद्यार्थी छात्रवृत्ति, जनशक्ति व्यवस्थापन, डिजिटलाइजेसन र पूर्वाधार विकासलगायतका विषयमा विश्वविद्यालयले गरेका कामबारे जानकारी गराउनुभएको थियो।

    मन्त्रालयका सचिव पौडेलले विश्वविद्यालयको प्रगति तथा भावी योजनाका सम्बन्धमा सुझाव दिँदै शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    1791042286302.jpg

    कार्यक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहता, सल्लाहकार सदस्य राजु सिंह, शिक्षा मन्त्रालयकी प्रमिला शाही तथा जिल्ला शिक्षा समन्वय इकाई, सुर्खेतका प्रमुख नारायण पौडेललगायतको सहभागिता थियो।

    त्यसैगरी विश्वविद्यालयका निमित्त रजिष्ट्रार तथा डिन डा. आनन्द प्रसाद सुवेदी, डिनहरू डा. पूर्णमान श्रेष्ठ, डा. दिपकराज अधिकारी र डा. करनसिंह धामी, परीक्षा व्यवस्थापन प्रमुख डा. अर्जुनबहादुर अयडी तथा कार्यकारी निर्देशकहरू डा. विष्णुकुमार खड्का, डा. यदुप्रसाद ज्ञवाली, डा. लक्ष्मीप्रसाद आचार्य र उपप्रा. ललितजंग शाहीलगायतको सहभागिता थियो।

    अन्तरक्रियामा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक, पूर्वाधार तथा संस्थागत विकासका विभिन्न पक्षमाथि छलफल गर्दै विश्वविद्यालयलाई थप प्रभावकारी, व्यवस्थित, प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा अघि बढाउने विषयमा सुझाव आदानप्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।

    images
    शनिवार, आश्विन १७ २०८३१०:०९:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार