Nov 19 2026 | २०८३, मंसिर ४ गते

शिक्षाशास्त्र संकायका शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि तालिम

शिक्षाशास्त्र संकायका शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि तालिम

  • 198
    SHARES

  • शिक्षाशास्त्र संकायका शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि तालिम

    काठमाडौं, मंशिर १ त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका शिक्षकको पेशागत क्षमता अभिवृद्धिका लागि सात दिने तालिम आजदेखि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभाग बल्खुको सेमिनार हलमा सुरु भएको तालिम मंशिर ७ गतेसम्म चल्नेछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सुरु भएको पेशागत क्षमता अभिवृद्धि तालिममा देशैभरका ३० जना शिक्षक सहभागी छन् ।

    तालिमको उदघाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्क के.सीले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता तालिम सहयोगी हुने बताउनुभयो । शिक्षकहरुको दक्षताका लागि शैक्षिक योग्यता मात्र पर्याप्त नहुने भन्दै उहाँले शिक्षकले अनुसन्धानमूलक कार्यमा पनि आफूहरुलाई ढाल्न सक्नुपर्ने बताउनुभयो ।

    FB_IMG_1794913277491.jpg

    पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि अन्तराष्ट्रिय सहयोग आउने क्रम बढेको भन्दै सहयोगको निरन्तरताका लागि कार्य शैलीमा सुधारको आवश्यकता रहेको उहाँको भनाई छ । विश्व बैंकले विश्वविद्यालय अनुदान आयोगमार्फत नेपालको शैक्षिक सुधारका लागि निरन्तर सहयोग गरिरहेको र यो क्रम बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. अन्जना सिंहले तालिमले शिक्षकको पेशागत आचरणमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

    उद्घाटन कार्यक्रममा बोल्दै Helsinki University, Finland का प्रोफेसर Heifi Krzywacki ले सिकाईँको चरणमा स्पष्ट हुनुपर्ने बताउनुभयो । शिक्षकको सिकाईँ नै समाज रुपान्तरणको महत्वपूर्ण पाटो भएको भन्दै दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो । शिक्षाशास्त्र संकायका डीन प्रा.डा. वेदराज आचार्यले यस्ता किसिमका तालिमले शिक्षकहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

    कार्यक्रममा परियोजना व्यवस्थापन समितिका सदस्य डा. प्रेम प्रसाद पौडेल, जनप्रशसन केन्द्रीय विभागका विभागीय प्रमुख डा. नरेन्द्र पौडेल, योजना निर्देशनालयका निर्देशक सह प्रा.डा.लक्ष्मीकान्त शर्मा तथा शिक्षाविद शुसन आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो । उदघाटन सत्रको सञ्चालन सहायक डिन डा. जयविष्ण्ॉ प्रधानले गर्नुभएको थियो ।

    images
    बुधवार, मंसिर ३ २०८३०७:०६:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार