Aug 13 2026 | २०८३, श्रावण २८ गते

गण्डकी पब्लिक स्कुल/ कलेजले गर्यो एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा कक्षा ११ का विद्यार्थी अभिमुखीकरण

गण्डकी पब्लिक स्कुल/ कलेजले गर्यो एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा कक्षा ११ का विद्यार्थी अभिमुखीकरण

  • 1.8K
    SHARES

  • गण्डकी पब्लिक स्कुल/ कलेजले गर्यो एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा कक्षा ११ का विद्यार्थी अभिमुखीकरण

    साउन, ३१ काठमाडौ । काठमाडौको म्हेपिमा अवस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुल/ कलेजले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाइ स्वागत तथा अभिमुखीकरण गरेको छ। बुधवार एक भब्य कार्यक्रमका बिच स्कुल/ कलेजले उक्त कार्यक्रम गरेको हो।

    FB_IMG_1723720916806.jpg

    कार्यक्रम स्कुल/कलेजका व्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद अर्यालको सभापतित्वमा प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानामगरको रहनुभयो। त्यस्तै अतिथिको रुपमा स्कुलका प्रिन्सिपल आर.सि. भट्ट, महेन्द्र बस्नेत, संचालक दोर्णबहादुर अधिकारी, नवराज भट्ट लगाएत शिक्षक कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।

    FB_IMG_1723720970037.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपसभामुख इन्दिरा रानामगरले विद्यार्थीहरुको अहिलेको उमेर पढ्ने र सिक्ने भएको भन्दै त्यसको लागी मिहेनत गर्नुपर्ने बताउनुभयो । विद्यालयले राम्रो शिक्षा दिने र असल नागरिक बनाउने हाम्रो उदेश्य हुनुपर्ने भन्दै ग्रेडले मात्रै होइन ब्यबहारिक र सिपमुलक हुनुपर्ने बताउनुभयो। साथै गण्डकी स्कुल/कलेजले विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा दिइरहेको प्रती खुसी ब्यक्त गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

    FB_IMG_1723720950208.jpg

    कार्यक्रममा प्राचार्य आर.सि. भट्टले गण्डकी स्कुलले निरन्तर सत प्रतिशत नतिजा ल्याईरहेको र जसको कारण काठमाडौ भरिका स्कुलमा उत्कृष्ट १० मा पर्न सफल भएको बताउनुभयो। गण्डकी स्कुलका ५ जना विद्यार्थीहरु महानगरको छात्रवृत्ति परिक्षामा समेत छानिएर कक्षा ११ मा नि:शुल्क अध्ययन गरिरहेका बताउनुभयो ।

    20211106021646_IMG_4182.JPG

    गन्डकी स्कुलले यसबर्ष देखि कक्षा ११ को पठनपाठन समेत शुरु गरेको छ। बिगत २५ बर्षको अनुभव प्राप्त शैक्षिक व्यक्तित्वहरु संचालक र ब्यबस्थापन समितिमा रहेर यस बर्षदेखी ११ मा पठनपाठन आरम्भ गरेको प्रिन्सिपल भट्टले बताउनुभयो। साथै कलेजले कक्षा ११ को लागि छुट्टै ब्यबस्थापन र शिक्षकहरू भर्ती गरेको भट्टले बताउनुभयो ।

    FB_IMG_1723721004853.jpg

    त्यसैगरी कार्यक्रममा संचालक दोर्णबहादुर अधिकारीले गण्डकी स्कुल/कलेजको शैक्षिक उननयनको निम्ति लागि परेको बताउनुभयो। उहाँले संस्कार सहितको गुणस्तरीय शिक्षाको लागी गण्डकी स्कुल उत्कृष्ट रहेको भन्दै यस बर्षदेखि कक्षा ११ र १२ समेत पठनपाठन शुरु गरेको आफ्नो बच्चाहरूलाई निर्धक्क भएर भर्ना गर्न अनुरोध गर्नुभयो। यसबर्ष ब्यबस्थापन पठनपाठन सुरुगरेको यस स्कुलले आउदो बर्ष बिज्ञान संकाय समेत पढाउने बताउनुभयो ।

    20211106015716_IMG_4137~2.JPG

    कार्यक्रमको अन्त्यमा सभापति तथा ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद अर्यालले एसईई मा उत्तीर्ण विद्यार्थीहरुलाइ बधाई दिदै कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्नुभयो। यसबर्ष दिखि कक्षा ११ पठनपाठन शुरु गरेकोले बिद्यालको भौती तथा शैक्षिक पुर्वाधारलाई बिकासको लागि लागि पर्ने बताउनुभयो।

    20211106034156_IMG_4218~2.JPG

    उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्सन गरेका थिए।

    FB_IMG_1723720936472.jpg20211106034754_IMG_4226~2.JPG20211106030412_IMG_4193~2.JPG20211106021222_IMG_4174.JPG

     

    images
    बिहिवार, श्रावण ३१ २०८१०५:१४:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार