आइतवार, मंसिर ९ २०८१
मंसिर, ९ गते काठमाडौ। गीताञ्जली स्कुल/ कलेजले आयोजना गरेको काठमाडौ जिल्लाब्यापी गीताञ्जली अन्तर-स्कुल लिग फूटसल टुर्नामेन्टको ट्रफी ग्रामसेवा माविले हात पारेको छ। शनिवार सम्पन्न फाइनल खेलमा ग्रामसेवा माद्यामिक बिद्यालयले ओम एजुकेसन स्कुललाई ४-० ले हराउदै ट्रफी उचालेको हो।

मंसिर ७ र ८ गते नयाँबजारको रिवरफिल्ड फुटसल मैदानमा भएको उक्त टुर्नामेन्टमा ३६ वटा विद्यालय सहभागी रहेका थिए। टुर्नामेन्टमा प्रथ हुने टिमग्राम सेवा माविले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. २५ हजार हात परेको छ। त्यस्तै द्वितीय हुने ओम एजुकेसन स्कुलले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु. १५ हजार हात पारेको छ।

उक्त टुर्नामेन्टमा सबैभन्दा बढी गोल हान्ने ग्रामसेवा माविका खेलाडी साजन तामाङले सातवटा गोल गरेकोमा रु. एक हजार सहित ट्रफी प्राप्त गरे। त्यस्तै बेष्ट गोलकिपर ग्रामसेवा माविका खेलाडी समीर घले, बेष्ट कोच सोहि माबिकै योगेन्द्र न्यौपाने, बेस्ट प्लेयर न्यु एरा एकेडेमीका खेलाडी पेम्बा तामाङले ट्रफी, र एक/एक हजार नगद पुरस्कार प्राप्त गरे।

उक्त कार्यक्रम गीताञ्जलीका शिक्षक रामशरण दुवाडीको सभापतित्व र प्रमुख अतिथि एन्फाको टेक्निकल असिस्टेन्ट तथा गोलकिपर प्रशिक्षक नवीन महर्जन, अतिथि- प्रिन्सिपल प्राचार्य बेद प्रसाद पन्त, बिशेष अतिथी मनाङ मर्स्याङ्दी क्लबका टिम क्याप्टेन कमल श्रेष्ठ, ॐ एजुकेसन स्कुलका अध्यक्ष - चन्द्र रत्न शाक्य, ग्रामसेवा स्कुलका पुर्व सहायक प्र.अ. योगेन्द्र न्यपाने लगाएत गिताञ्जली स्कुल/कलेजका विभिन्न भिभागिय प्रमुख र खेलाडिहरुको उपस्थिती रहेको थियो। पुरस्कार वितरण कार्यक्रमको संचालन स्कुल कोर्डिनेटर समीर केसिले गर्नुभयो।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नवीन महर्जनले विद्यालयमा पढ्ने र फूटबल खेल्न इच्छुक विद्यार्थीहरुले ट्रेनिङ गर्न चाहेमा एन्फाले त्यो ब्यबस्था मिलाइदिने र खेल सामाग्रीहरु समेत उपलब्ध गराउने बताउनुभयो ।

त्यस्तै पुरस्कार वितरण कार्यक्रममा बोल्दै गीताञ्जली स्कुल/कलेजका प्रिन्सिपल बेद प्रसाद पन्तले खेलमा सहभागी र बिजेता टिमहरुलाई बधाई दिँदै पढाई र खेललाई संग संगै लैजानुपर्ने बताउनुभयो। खेलले विद्यार्थीहरुको शारीरिक साथसाथै मानसिक बिकासमा महत्वपूर्ण योगदान पुर्याउने भएकोले बिद्यालयले आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय फूटबल खेलाडी तथा मनाङ मर्स्याङ्दी क्लबका टिम क्याप्टेन कमल श्रेष्ठलाई सम्मान गरिएको थियो।
