आइतवार, मंसिर ३० २०८१
मंसिर, ३० गते काठमाडौँ। नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित सातौँ खेलकुद सप्ताह सम्पन्न भएको छ । नेशनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा शनिवार एक कार्यक्रमकाबीच पुरस्कर वितरण गर्दै खेलकुद सप्ताहको समापन गरिएको हो।

खेलकुद सप्ताहमा विभिन्न पाँच बिधाका खेलहरु खेलाइएको थियो। जसमध्ये पाँचवटै बिधाका विजेता टोलीलाइ पुरस्कार वितरण गरिएको छ। काठमाडाैँको सिफलमा रहेको खेल मैदानमा खेलकुद सप्ताहको उद्घाटनको दिन भएको मार्चपास प्रतिस्पर्धामा प्रथम हुने बेष्ट ग्रुप भीजन स्कुल, द्वितीय काठमाडाैँ स्कुल अफ सेन्ट्रल तथा तृतीय ग्रीन हिल एकेडेमीलाइ नगद सहित ट्रफि प्रदान गरिएको छ ।

यस्तै खेलकुद सप्ताहको पहिलो खेल अन्तर्गत कमलादीस्थित युनिग्लोब कलेजमा भएको फुटसलतर्फ प्रथम स्थान हासिल गर्ने अमर आदर्श स्कुलले, द्वितीय स्थान बोधी सदन स्कुल तृतीय स्थान निर्मल ज्योती स्कुल तृतीय र प्रोत्साहन पुरस्कार कान्तिपुर इंग्लिस स्कुलले प्राप्त गरेका थिए । उक्ता चारवटै विद्यालयका खेलाडीहरुलाई मेडल, ट्रफी र पुरस्कार बितरण गरेको थियो।

यसैगरी काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको कबड्डी प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । जसमध्ये छात्रतर्फ भीमेश्वर एकेडेमी पहिलो, अर्किड प्युपल सेकेण्डरी स्कुल द्वितीय र नेरिक एकेडेमी तृतीय स्थान हात पारे। त्यस्तै गणेश हिमाल भएको छात्रातर्फको कबड्डी प्रतियोगितामा भीमेश्वर एकेडेमी प्रथम, बेष्ट ग्रुप भीजन स्कुल द्वितीय, अमर आदर्श स्कुल र ग्रीन ल्याण्डस् स्कुलले तृतीय स्थान हात पारेका थिए । खेल काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको हो ।

त्यसैगरी काठमाडौँको भीमसेनगोलामा रहेको अमर आदर्श इङ्गिस सेकेण्डरी स्कुलमा भएको तानडोरी प्रतियोगिता तर्फ छात्रमा ज्ञानभूमी स्कुल प्रथम, कान्तिपुर एकेडेमी द्वितीय र पीक प्वाइन्ट एकेडेमीले तृतीय स्थान हात पारे । साथै छात्रातर्फ कान्तिपुर एकेडेमी प्रथम, पीक प्वाइन्ट द्वितीय र मिलन धर्मस्थली तृतीय भएका थिए ।

त्यसैगरी कपन सरस्वतीनगरमा रहेको एपेक्स लाइफ स्कुलमा भएको बास्केटबलतर्फ हिमाली स्कुल प्रथम, साइन मोडेल स्कुल द्वितीय र युनिभर्सल स्कुल तेस्रो भएका थिए । तीनै विद्यालयका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो।

खेलकुद समापन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन नेशनल प्याब्सन काठमाडौका सह-सचिव शिवराम गिरिले गर्नुभयो । उक्त कार्यक्रममा नेशनल प्याब्सन काठमाडौका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलपा विभाग प्रमुख प्रेम कुमार भुजेलले स्वागत तथा धन्यवाद मन्तव्य ब्यक्त गर्नुभयो। कार्यक्रममा नेशनल प्याब्सन बागमती प्रदेश प्रमुख नारायण कर्मा कार्की र निजि विद्यालयहरुको प्रथम संस्थापक अध्यक्ष बसन्त बहादुर श्रेष्ठले मन्तव्य दिनुभयो।

समापन समारोहमा नेशनल प्याब्सनका विभिन्न अहोदाका पदाधिकारी, विभिन्न स्कुलका प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीगरुको उपस्थिति रहेको थियो।