Aug 13 2026 | २०८३, श्रावण २८ गते

शैक्षिक भ्रमणको बचत रकमबाट शैक्षिक सामाग्री वितरण

शैक्षिक भ्रमणको बचत रकमबाट शैक्षिक सामाग्री वितरण

  • 616
    SHARES

  • शैक्षिक भ्रमणको बचत रकमबाट शैक्षिक सामाग्री वितरण

    पुस, १० गते । बर्दिवास नगरपालिका-१ स्थित गाल्टर टोलको श्री पञ्चधुरा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेका छन्।

    उक्त क्याम्पसका बि.एड तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक भ्रमणका लागि छुट्याइएको रकमको बचत गरी समाज सेवाको रूपमा यी सामग्री विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन्।

    कार्यक्रम बर्दिबास जनता बहुमुखी क्याम्पसका शिक्षक हरिप्रसाद खनालको नेतृत्वमा सम्पन्न भएको हो। यस अवसरमा १८ जना विद्यार्थीको सक्रिय सहभागिता थियो। विद्यालयका प्राचार्य श्याम पौडेलले सामग्री वितरणजस्तो उत्कृष्ट सामाजिक कार्यले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीको शिक्षाप्रतिको झुकाव बढ्ने बताउँदै खुसी व्यक्त गरे।।

    कार्यक्रमको संयोजक सुजिता पोखरेलले साना भाइबहिनीहरूले नयाँ कापी र कलम प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसीले सबैको मन छोएको बताइन्। उनले फजुल खर्च गर्ने प्रवृत्तिलाई कम गरी यस्ता सामाजिक कार्यमा विद्यार्थीहरूलाई सहभागी गराउन सके समाजमा सकारात्मक संस्कारको विकास हुनेमा आफू विश्वस्त रहेको पनि बताइन्।

    बिहानी प्रार्थनाको समयमा सम्पन्न यस कार्यक्रममा श्री पञ्चधुरा आधारभूत विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए। यस प्रकारको प्रेरणादायक कदमले विद्यार्थीहरूलाई समाजप्रति जिम्मेवार बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।

    images
    बुधवार, पौष १० २०८१०८:००:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार