मंगलवार, माघ २२ २०८१
माघ, २२/ काठमाडौ। नागार्जुन नगरपालिका, ७ रामकोटस्थित माइलस्टोन युथ इङ्लिस स्कुलद्वारा आयोजित अन्तर-सदनात्मक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। स्कुलले सोमवार सरस्वती पुजाको अबसरमा अन्तर-सदनात्मक नृत्य र नाटक प्रतियोगीता आयोजना गरेको थियो।

यस अन्तर-सदनात्मक नृत्य र नाटक प्रतियोगीतामा जुनियर तर्फ Ever Green Forest, सिनियर तर्फ Mount Everest Peak त्यस्तै सांस्कृतिक नृत्यमा उत्कृष्ट Indrawati River सदन र आधुनिक नृत्य उत्कृष्ट Lumbini Peace Zone सदन भने। त्यस्तै नाटक मा उत्कृष्ट Mount Everest Peak सदन भयो। यस सदनले छाउपडी प्रथा बिषयमा नाटक प्रदर्सन गरेको थियो।

यस्तो कार्यक्रमले विद्यार्थिहरूमा प्रतिस्पर्धा र सिर्जनात्मकतालाई अभिवृद्धि गर्ने साथै विद्यार्थीहरूको आत्मविश्वास र शैक्षिक लगावमा थप वृद्धि गर्ने प्रिन्सिपल शिवराम गिरिले बताउनुभयो। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ।

माइलस्टोन युथ इङ्लिस स्कुलले शैक्षिक गुणस्तरमा मात्र नभइ अतिरिक्त क्रियाकलापहरूमा पनि उच्च स्थान प्राप्त गरेको छ। विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सम्पूर्ण व्यक्तित्वको विकासमा जोड दिन्छ र शैक्षिक क्षेत्रसँगै सांस्कृतिक, खेलकुद, र अन्य रचनात्मक क्रियाकलापमा पनि अग्रणी रहेको छ।

विद्यार्थिहरूलाई पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरूमा पनि सक्रिय बनाइन्छ, जसले तिनीहरूको सोच, क्षमता, र सिर्जनात्मकतालाई अझ प्रगति गर्ने अवसर दिन्छ। संगीत, नृत्य, चित्रकला, अभिनय, खेलकुद जस्ता कार्यक्रमहरूको नियमित आयोजना गरिन्छ, जसले विद्यार्थीहरूको प्रतिभा र रचनात्मकता प्रकट गर्न मद्दत गर्दछ।



