शुक्रवार, माघ २५ २०८१
माघ, २५ काठमाडौ। नागार्जुन नगरपालिका ४, सितापाइलास्थित पिपल्स एकेडेमीले आयोजना गरेको प्रथम अन्तर-विद्यालय बास्केटबल टुर्नामेन्ट (1st PEOPLES'' CUP BASKETBAL TOURNMENT) सम्पन्न भएको छ। बिहीवार पुरस्कार वितरण गर्दै बास्केटबल टुर्नामेन्ट भब्य रुपमा सप्पन्न भएको हो।

बास्केटबल टुर्नामेन्ट समापन तथा पुरस्कार वितरण कार्यक्रम पिलप्स एकेडेमीका प्राचार्य रामबाबु सेढाईको सभापतित्व तथा नेशनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख अतिथ्यतामा सम्पन्न भयो।

बास्केटबल टुर्नामेन्टमा छात्र जुनियर तर्फ आयोजक पिपल्स एकेडेमिले प्रथम स्थन हातपार्यो भने श्री नवीन ज्योती स्कुलले द्वितीय स्थान हात पार्यो। त्यसैगरी छात्र सिनियर तर्फ एनआइसी एकेडेमिले प्रथम स्थान र क्षत्रज्ञ स्कुलले द्वितीय स्थान हासिल गर्यो।

त्यसैगरी छात्रा सिनियर तर्फ रेडियन्ट स्कुलले प्रथम स्थान र पिपल्स एकेडेमीले द्वितीय स्थान हात पार्यो। स्टाफ टिमबाट आयोजक टिमले प्रथम स्थान हात पार्यो। टुर्नामेन्टमा फेयर प्ले अवार्ड भने साइरस स्कुलले प्राप्त गर्यो। बास्केटबल टुर्नामेन्टमा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

टुर्नामेन्टमा छात्र जुनियर तर्फ १४ टिम, छात्र सिनियर तर्फ २० वटा टिम, सिनियर छात्रा तर्फ ११ टिम र स्टाफ टिम तर्फ ९ वटा टिम रहेका थिए।
समापन समारोहमा बोल्दै प्रमुख अतिथी सुवास न्यौपानेले पढाई संगसंगै बालबालिकाको शारीरिक तथा मानसिक वृद्धिका लागि खेलकुद अत्यन्तै आवस्यक रहेको बताउनुभयो। खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा मद्दत पुर्याउने उहाँले बताउनुभयो। साथै खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने न्यौपानेले बताउनुभयो ।

समारोरहमा सभापति तथा प्राचार्य रामबाबु सेढाईले विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउने साथै विद्यालयहरु बीचमा मित्रता कायम राखी खेलाडीहरुको प्रतिस्प्रधात्मक भावनाको विकास गर्ने एवं अनुशासित र जिम्वेवारीपुर्वक आफ्नो सिप र कलालाई विकास गर्ने उद्देश्यल रहेको बताउनुभयो। प्राचार्य सेढाईले पिपल्स कप बास्केटबल टुर्नामेन्ट आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्दै अझ भब्य ढंगले निरन्तरता दिनेपनि बताउनुभयो।
बास्केटबल टुर्नामेन्टको समापन तथा पुरस्कार वितरण समारोहमा वडा सदस्य - सुन्दरमणी श्रेष्ठ, नेशनल प्याब्सन काठमाडौ जिल्ला सहसचिव शिबराम गिरि, नागार्जुन नगरसमितीका अध्यक्ष चन्द्र क्षेत्री, विशेष फोरमका अध्यक्ष नन्दलाल सुबेदी, रेडियन्ट स्कुलका प्रिन्सिपल सुर्य बहादुर के.सी. श्री मविन ज्योती स्कुलका प्रिन्सिपल सुरेश महतो लगाएत स्थानिय समाजसेबीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बिद्यालय शिक्षक दिपक अधिकारीले संचालन गर्नु भएको । खेलकुद संयोजक - डिङ्कर जङ्ग भण्डारी रहनुभएको थियो।


