Oct 02 2026 | २०८३, आश्विन १६ गते

माद्यामिक शिक्षा परिक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेशलाई दिइने

माद्यामिक शिक्षा परिक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेशलाई दिइने

  • 488
    SHARES

  • माद्यामिक शिक्षा परिक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेशलाई दिइने

    माघ, ३० काठमाडौ। माद्यामिक शिक्षा परिक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेशलाई दिइने भएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा १० को एसईई परीक्षा सञ्चालनका लागि व्यवस्थापन र व्यवस्थापकीय पक्षका सबै कुरा प्रदेश परीक्षा व्यवस्थापन समितिलाई दिइने बताएका छन् ।

    यस भन्दा अगाडी प्रदेशलाई जिम्मेवारी दिए पनि जनशक्ति र भौतिक समस्याका कारण प्रभावकारी रूपमा काम हुन नसकेको बताउँदै अब देखि क्रमशः सबै प्रदेशलाई सशक्तीकरण गरेर लैजाने बोर्डको योजना रहेको बताएका छन् ।

    यसअघि कक्षा १० को मौका परीक्षाको सबै जिम्मेवारी प्रदेशलाईनै दिइएको उल्लेख गर्दै जनशक्ति, भौतिक व्यवस्थापन र प्राविधिक असहज भएको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले सहयोग गरेर प्रदेशलाई सशक्तीकरण गर्न बोर्डले तयारी थालेको उनको भनाई छ ।

    केन्द्रले प्रश्नपत्र निर्माण गरेर पठाउने र प्रदेशले उत्तर पुस्तिका केन्द्रमा पु¥याउने, समन्वय गरेर परीक्षा केन्द्र निर्धारण गर्ने, मर्यादित रूपमा परीक्षा सञ्चालनका लागि जिल्ला र पालिकाहरूसँग समन्वय गर्ने र परीक्षा सञ्चालन पछि उत्तरपुस्तिका परीक्षण सम्परीक्षण गरेर नतिजा प्रकाशनका लागि बोर्डमा पठाउने गरी सबै जिम्मेवारी प्रदेशलाई दिन थालिएको जानकारी दिएका छन् ।

    नियमावलीमा यो व्यवस्था भएपनि यस भन्दा अगाडी जनशक्तिको अभाव, भौतिक व्यवस्थापनको अभाव र प्राविधिक असहजता कारणले पूर्ण रूपमा जिम्मेवारी दिन नसकिएकोमा अब देखि सबै जिम्मेवारी प्रदेशलाई नै दिन लागिएको उनको भनाई छ ।

    images
    बुधवार, माघ ३० २०८१०८:२२:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार