बिहिवार, फाल्गुण ८ २०८१
फागुन ८ गते/ काठमाडौ। नागर्जुन नगरपालिका ९ स्यूचाटरस्थित रेडियण्ट पब्लिक बोर्डिङ स्कुलको १९औं वार्षिकोत्वस तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधबार एक भब्य सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक, अभिभावकहरुको सम्मान सहित वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम सञ्चालक समितिका अध्यक्ष प्रभाकृष्ण पौडेलको सभापतित्व तथा नागार्जुन नगरपालिका उपमेयर सुशीला अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

विद्यालयको १९औं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिकाका उपमेयर सुशीला अधिकारीले संख्या र नतिजाको हिसावले रेडियण्ट स्कुल उत्कृष्ट रहेको बताउनुभयो। उहाँले बिद्यालयले अभिभावकहरुको मनोबिज्ञान बुझेर विद्यार्थीहरुको भविष्यको जिम्मेवारी लिएको देखेर खुसी व्यक्त गर्नुभयो। हामीले किताब मात्रै नभई बाहिरको समेत ज्ञान दिनुपर्ने भन्दै त्यसको लागि विद्यालयले गर्ने अतिरिक्त क्रियाकलाप प्रशंसनीय रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष डा. लक्ष्मणसिंह कुँवरले बालबालिकालाई एक असल र सफल ब्यक्ति निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको त्रिकोणात्मक प्रयास र भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले असल ब्याक्ती निर्माणमा रेडियण्ट पब्लिक स्कुल सदैव तत्पर रहेको जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा रेडियण्ट स्कुलका प्रिन्सिपल सुर्य बहादुर के सी ले सम्पूर्ण उपस्थित विद्यार्थी, अभिभावक तथा अतिथिहरुलाई स्वागत गर्दै बालबालिकाहरुको उज्ज्वल तथा सुनिस्चित भबिश्यको लागि अभिभावकहरुको पनि साथ र सहयोगको आवस्यकता रहेको बताउनुभयो। उहाँले विद्यालयले बालबालिकाहरुको उज्वल तथा सुनिस्चित भविस्यको लागि कहिल्यै पछी नहट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। आगामि दिनहरुमा विद्यार्थीहरुको ज्ञान र सीपलाई अझ बढी बिकास गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनैपनि कसुर नराख्ने प्राचार्य के.सी. ले बताउनुभयो ।

वार्षिकोत्सब कार्यक्रममा संस्थापक अध्यक्ष डा. लक्षमणसिंह कुँवर, प्रिन्सिपल सुर्य बहादुर के.सी., नागार्जुन नगरपालिक वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण भट्टराई, वडा १० का अध्यक्ष सुदर के सी, वडा ९ का सदस्य- राजकुमार भट्टराई, निर्मल बिडारी, लक्षण बुढाथोकी, विद्यालय भाइस प्रिन्सिपल सुभद्रा कुवर, स्कुल कोर्डिनेटर दिलिप कार्की, आइटी इन्चार्ट बिनोद कार्की, वर्षा कुमारी आचार्य लगाएत शिक्षक, कर्मचारी तथा अभिभावकहरुको उपस्तिथि रहेको थियो।

वार्षिकोत्सब कार्यक्रममा अभिभावकहरुको उल्लेख उपस्थिति रहेको थियो। भने उनीहरु आफ्नो बालबालिकाको विभिन्न क्रियाकलापहरु हेरेर मक्ख देखिन्थे। कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरुले आफ्नो क्षमता तथा दक्षता अनुसार कला प्रस्तुत गरेका थिए ।













