काठमाडौँ, फागुन ११ गते । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (राष्ट्रिय प्याव्सन) को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुनेभएको छ । एनप्याब्सनले आइतवार एक पत्रकार सम्मेलन आयोजना गर्दै सो जानकारी दिएको हो।

नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुबाश न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आठौं महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ । केन्द्रीय समितिका बहुमत सदस्यहरूको निर्णय तथा पोखरामा सम्पन्न नेशनल प्याब्सनको राष्ट्रिय प्रतिनिधि परिषद् तथा केन्द्रीय समितिको संयुक्त बैठकको निर्णय अनुसार आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागिएको अध्यक्ष सुवास न्यौपानेले बताउनुभयो।

नेशनल प्याब्सनका देशैभरीका सदस्य विद्यालय तथा विद्यालय प्रतिनिधिहरूको भावना र नीति विधि एवम् प्रजातान्त्रिक पद्धति अनुसार महाधिवेशन सम्पन्न गरिने अध्यक्ष न्यौपानेको भनाई छ । पछिल्लो समय नेशनल प्याब्सनमा नेतृत्वबिच भएको विवाद अदालतसम्म पुगेको बताउँदै अदालतले निरन्तरता दिन नसक्ने आदेश दिएपछि आफ्नो नेतृत्वमा अगाडि बढेको न्यौपानेले बताउनुभयो। उहाँले महाधिवेशन विधिसम्मत तरिकाले अगाडी बढेकोले महाधिवेशन पछि पुन यस्तै समस्या आउँछ जस्तो आफू नलागेको र महाधिवेशन पछि सबै एक भएर अगाडि बढ्ने, संगठनमा कुनै समस्या नअउने अपेक्षा रहेको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय प्याव्सनका अध्यक्ष सुवास न्यौपानेले संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक गिजोलिँदै गएको र मुलुकमा गणतन्त्र स्थापना भएको लामो समय बित्नलाग्दा पनि नयाँ शिक्षा ऐन जारी हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले देशको शिक्षा क्षेत्र धेरै क्षेत्रबाट प्रभावित बन्दै गएको सन्दर्भमा महाधिवेशनले शिक्षाका समस्याका बारेमा समिक्षा गर्दै नयाँ सुझाव प्रस्तुत गर्ने बताउनुभयो ।
अध्यक्ष न्यौपानेले आठौं महाधिवेशनमा संस्थागत विद्यालयहरूसँग जोडिएका नीतिगत एवम् व्यवहारिक मुद्धाहरू तथा समसामयिक विषयवस्तु प्रति विशिष्ट ढंगले छलफल गरि निकास दिन यो महाधिवेशन केन्द्रित हुने बताउनुभयो। साथै राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजि विद्यालय र सरकारबिच कतिपय मुद्धाहरूमा देखिएका समझदारीहरूलाई समेत निराकरण गर्दै अगाडी बढ्न यस महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने न्यौपानेले बताउनुभयो।
यस्तो छ बिज्ञप्ति,
प्रेस बिज्ञप्ति
नेपालको शैक्षिक विकासमा निजी क्षेत्र मार्फत आफ्नो महत्त्वपूर्ण योगदान गर्न सफल राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (National Private and Boarding School’s Association Nepal) देश भरिका संस्थागत विद्यालयहरुको अत्यन्तै सक्रिय, जुझारु एवम् महत्वपूर्ण रहेको सर्वार्वादत नै छ। संस्थागत विद्यालयहरुको हकहितको संरक्षण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा २१ औ शताब्दी अनुकुल समसामायीक शैक्षिक नीति, योजना एवम् कार्यक्रम निर्माणतथा कार्यान्वयनमा समेत उदाहरणीय भूमिका निर्वाह गर्दै राष्ट्रिय आवश्यकता र उद्देश्य अनुरुपका जनशक्ति उत्पादनमा समेत हाम्रो गौरवशाली संस्था नेसनल प्याब्सन (National PABSAN) अनवरत रुपले क्रियाशिल रहेको छ। आदरणीय उपस्थित महानुभाबहरु, नीति विधि एवम् प्रजातान्त्रिक पद्धति अनुसार संचालित यस संस्थाको आशन्न आठौं राष्ट्रिय महाअधिवेसनको पूर्व सन्ध्यामा आयोजित यस पत्रकार सम्मेलन मार्फत महाधिवेसनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छ।
नेसनल प्याब्सनका देशैभरीका सदस्य विद्यालय तथा विद्यालय प्रतिनिधिहरुको भावना, केन्द्रिय समितिका बहुमत सदस्यहरुको निर्णय तथा कास्की जिल्लाको पोखरामा सम्पन्न नेसनल प्याब्सनको राष्ट्रिय प्रतिनिधि परिषद् तथा केन्द्रिय समितिको संयूक्त बैठकको निर्णय अनुसार यस संगठनको आठौं राष्ट्रिय महाधिवेसन काठमाडौं जिल्लाको बेष्ट वेस्टन प्लस (Best Western Plus) होटलमा यही मिति २०८१ साल फागुन १६ र १७ गते सम्पन्न हुने निश्चय भैसकेको छ। मिति २०८१ माघ १०को राष्ट्रिय स्तरको पत्रिका सौर्य दैनिकमा प्रकाशित सोसंग सम्बद्ध सूचना प्रकाशित भैसकेको कुरा समेत जानकारी गराउन चाहन्छु । आदरणीय पत्रकार मित्रहरु, नेसनल प्याब्सनको गरिमालाई उचो बनाउँदै निजि विद्यालयहरुसग जोडिएका नीतिगत एवम् व्यवहारिक मुद्धाहरु तथा समसामयिक विषयवस्तु प्रति विशिष्ट ढंगले छलफल गरि निकास दिन यो महाधिवेसन केन्द्रित हुनेछ। राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजि विद्यालय र सरकार विच कतिपय मुद्धाहरुमा देखिएका असमझदारीहरुलाई समेत निराकरण गर्दै अगाडी बढ्न यस महाधिवेसनले स्पष्ट दिशा निर्देशन गर्न सक्ने कुरामा समेत हामी विस्वस्त छौं । यसै सन्दर्भमा नेसलनल प्याब्सनको विधानअनुसार परिच्छेद विविध ९.१ (ग) मा आधारित भएर राष्ट्रिय महाधिवेसन आयोजक समिति निर्माण गरिएको छ। यसरीनै अन्य विभिन्न उपसमितिहरु गठन गरी सभ्य र भव्य रुपमा महाधिवेसन सम्पन्न गर्न विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको कुरा समेत जानकारी गराइन्छ। सदस्यता नविकरण तथा प्रमाणिकरण जस्ता कार्यहरु हाल चलिरहेका र देश भर्भारका विभिन्न प्रदेश जिल्ला एवम् पालिका स्तरबाटनै तन तत्त समितिहरु र सदस्य विद्यालयहरु सागि रहेको अवस्था छ। अन्त्यमा हाम्रो गौरवशाली संगठन नेसनल प्याब्सनको उद्देश्य अनुसार मफल एवम् अब्बल नेतृत्व चयन गर्ने जस्तो महत्वपूर्ण कुरालाई गम्भिरतापूर्वक लिई एकतावद्धरुपमा यम आठौं राष्ट्रिय महाधिवेसनलाई सफल पार्न हामी देशै भरीका सम्पूर्ण सदस्य विद्यालय तथा प्रतिनिधिहरुलाई एकजुट भई तोकिएको मितिमा महाधिवेसनमा सहभागीहुन हार्दिक आब्हान गर्दछौं। साथै सम्पूर्ण पत्रकार मित्रहरुलाई प्रभावकारीरुपमा हामो यस अभियानलाई आम सरोकारवालाहरुमा मुसुचित गर्दै सफल पार्न आग्रह गर्दछौं। धन्यवाद मिति : २०८१/११/११
