Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रमको पछि नलाग्नु : बोर्ड।

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रमको पछि नलाग्नु : बोर्ड।

  • 871
    SHARES

  • कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रमको पछि नलाग्नु : बोर्ड।

    बैशाख, ५ गते काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा स्थगित भन्ने भ्रमका पछि नलाग्न सुचित गरेको छ। बोर्डले एक बिज्ञप्ति जारी गर्दै बैशाख ११ गते हुन लागेका कक्षा १२ को परिक्षा सम्बन्धी सामाजिक सञ्जालमा बिध्यार्थीहरुमा भ्रम सिर्जना हुने गरि फैलाएको अनावश्यक भ्रमप्रती नलाग्न सुचित गरेको हो।

    बोर्डले सामाजिक सञ्जालमा परीक्षा स्थगनसम्बन्धी फैलिएका विभिन्न भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै, केवल बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मार्फत प्राप्त सूचना मात्र मान्य हुने जनाएको छ। अन्य अनाधिकृत माध्यमबाट फैलाइएका सूचनाले भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सूचना नमान्न बोर्डले अनुरोध गरेको छ।

    बोर्डका अनुसार परीक्षासम्बन्धी सबै सूचनामा अध्यक्षको scanned हस्ताक्षर अनिवार्य रूपमा हुने र त्यस्तो सूचना मात्रै आधिकारिक ठहरिनेछ। यदि कसैले झूटा वा अनाधिकृत सूचना बनाइप्रसारण गरेमा कानुनी कारबाहीसमेत अगाडि बढाइने स्पष्ट पारेका छ।

    FB_IMG_1744968565406.jpg

    images
    शुक्रवार, बैशाख ५ २०८२०४:१५:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार