Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीलाई सहजै विद्यालय जाने बाटो निर्माण ।

विद्यार्थीलाई सहजै विद्यालय जाने बाटो निर्माण ।

  • 791
    SHARES

  • विद्यार्थीलाई सहजै विद्यालय जाने बाटो निर्माण ।

    रौतहट- चन्द्रपुर–१५। खौराहा सलेमपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिकैको बस्तीमा बाटो सरसफाइ गरिएको छ। विद्यार्थी भर्ना अभियानका बेला बालबालिकाले विद्यालय जाने बाटोको असहज अवस्था बताएपछि विद्यालयले बाटो सरसफाइ गरेको हो।

    विद्यालयमा नाम दर्ता गर्न योग्य उमेर समूहका धेरै बालबालिका शौच, फोहर तथा दुर्गन्धयुक्त बाटोका कारण विद्यालय जान सकेका थिएनन्। यो अवस्थाले बालबालिकाको शिक्षामा प्रत्यक्ष बाधा पुर्‍याउँदै आएको थियो।

    यस समस्या समाधानका लागि जेठ १४ गते चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमाला चौधरीको विशेष पहलमा जेसीबीको सहयोगमा सो बाटोको सरसफाइ गरिएको छ। सरसफाइ कार्यले बाटोमा रहेका फोहर, दुर्गन्ध र असहज अवस्था हटाउँदै बालबालिकाको विद्यालय आवागमन सहज बनाएको छ।

     

    images
    बिहिवार, जेठ १६ २०८२०७:४३:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार