शुक्रवार, जेठ १७ २०८२
जेठ, १६ गते काठमाडौँ। राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले काठमाडौँ जिल्ला स्तरीय अन्तर-विद्यालय हाजिरिजवाफ प्रतियोगिता आजाबाट शुरु भएको छ। नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिको संयोजन तथा काठमाडौँ महानगर समितिको आयोजनामा पाँचौं जिल्लाव्यापी अन्तर - विद्यालय हाजिरिजवाफ प्रतियोगिता शुरु भएको हो।

प्रतियोगिता जेठ १६, १७ र १८ गतेसम्म काठमाडौँ महानगरपालिकाको चावहिलस्थित विनायक सिद्ध कलेजको हलमा हुनेछ ।
प्रतियोगितामा काठमाडौ जिल्ला भरी ६० वटा नेसनल प्याब्सन सदस्य विद्यालहरुको सहभागिता रहेको महानगरकपालिकाका अध्यक्ष नवराज पाण्डेले जानकारी दिनुभयो।

हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत कुमार खड्काले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासको लागी प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जानकारी दिइएको छ।