शनिवार, जेठ १८ २०८२
जेठ, १५ गते। काठमाडौँ महानगर वडा १४ कलंकीस्थित विज्डम (एड-मार्क) एकेडेमीको २०औं अभिभावक दिवस तथा वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौको कमलादीस्थित एकेडेमी हलमा शुक्रबार एक भब्य कार्यक्रमका विच विद्यालय ब्यबस्थापन समिती अध्यक्ष पुरुषोत्तम अधिकारिको सभापतित्व तथा बागमती प्रदेश प्रमुख दिपक देवकोटाको प्रमुख आतिथ्यतामा बिद्यालयले २० औं अभिभावक दिवस तथा बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपक देवकोटाले पानसमा दिप बालेर अभिभावक दिवसको उद्घाटन गर्नुभयो।

अभिभावक दिवसको अवसरमा बोल्दै विद्यालय प्राचार्य शिव प्रसाद अधिकारीले बालबालिकाहरुको उमेर, रुचि, चाहना, क्षमता, पृष्ठभुमि लगायत सम्पूर्ण पक्षहरुलाई ध्यानमा राखि सिक्ने सिकाउने वातावरण तयार गरेको बताउनुभयो। उहाँले बालबालिकाको सर्बाङ्गिण बिकासमा बिशेष ध्यान दिएको भन्दै ब्याक्तित्व बिकासको लागि बालकेन्द्रित शिक्षण सिकाई, र त्यो अनुरुप शिक्षकहरुको ब्यबस्थापन गरेको बताउनुभयो।

कर्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले विज्डम एकेडेमीले बालबालिकालाई गुणस्तरीय शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्दै भविष्यमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । साथै उहाँले शिक्षा संगसंगै सीप जोड्नुपर्ने बताउनुभयो। शैक्षिक गुणस्तरमा विज्डम एकेडेमीको आफ्नै स्थान रहेको भन्दै गुणस्तरमा अझै बढी ध्यान दिन सुझाव दिनुभयो।

कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी खेखिन्थे।

अभिभावक भेलाको समापन समारोहमा बोल्दै कार्यक्रमका सभापति तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारीले शिक्षा संगसंगै सीप र संस्कार सिकाउन जोड दिएको बताउनुभयो। उहाँले शैक्षिक गुणस्तरमा विज्डम एकेडेमीको आफ्नै स्थान रहेको भन्दै गुणस्तरमा कुनैपनी किसिमको सम्झौता नगर्ने प्रष्ट पार्नुभयो।

उक्त कार्यक्रममा स्कुलका भाइस- प्रिन्सिपल प्रकाश लम्साल, ग्रीनआर्मी चिफ सबिन शर्मा लगाएत समाजसेवी, बौद्धिक ब्याक्तित्व, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन ६ का प्रोसेस पाण्डेलाई नगद सहित सम्मान गरिएको थियो। साथै कार्यक्रममा उनले विभिन्न प्रस्तुतिहरु दिएका थिए।

कार्यक्रममा बालबालिकाहरुले विभिन्न नृत्य, गायन, प्रहसनहरुको प्रस्तुति दिएका थिए। आफ्नो बालबालिकाहरुको सांस्कृतिक नृत्य गायनहरु प्रत्यक्ष हेर्न र सुन्न पाउँदा अभिभावकहरु ज्यादैनै खुसी खेखिन्थे।









