बुधवार, आषाढ ४ २०८२
ललितपुर। रोटरी क्लव अफ महावौद्धको प्रेसिडेन्ट तण्डुकारको पदस्थापना सम्पन्न रोटरी क्लव अफ महावौद्धको बर्ष २०२५÷२६ का प्रेसिडेन्ट श्याम तण्डुकारको पदस्थापना गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रमबीच तण्डुकारको पदस्थापना गरिएको हो ।
शिक्षा पत्रकारिता करिब साँढे दुइ दशकको अनुभव बटुलेका तण्डुकार शिक्षा पत्रकार समाजका महासचिव हुनुहुन्छ । कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर दिलेन्द्रराज श्रेष्ठले तण्डुकारलाई पदस्थापना गराउनुभएको हो ।
उक्त समारोहमा प्रेसिडेन्ट तण्डुकारसहित क्लवकी फस्ट लेडी उर्मिला तण्डुकारलाई क्लवमा स्वागत गरिएको थियो । समारोहमा रोटरी क्लवका २०२४–२५ असिस्टेन्ट डिस्ट्रिक गभर्नर अर्जुन श्रेष्ठ तथा २०२५–२६ का असिस्टेन्ट डिस्ट्रिक गभर्नर गौतम श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै रोटरीका पूर्व डिस्ट्रिक गभर्नर श्रेष्ठले नेपालमा रोटरी क्लव अफ महावौद्धको सक्रियता र विभिन्न कार्यक्रमको आयोजनाले डिस्ट्रिकमा विशेष भूमिका खेलेको बताउनुभयो । उहाँले रोटरीमा अहिले गभर्नर बन्न जति सहज भएको त्यसको आधार भनेको नेपालका रोटरी अभियानका सुत्रधारहरु रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्षको पदभार ग्रहणपश्चात् तण्डुकारले क्लवको नेतृत्व गर्नु भनेको पहाड,उकालो, तेर्सो, भिरालो पाखा पखेरा खन्दै बाटो बनाउने कठिन कार्य जस्तै रहेको बताउनुभयो । उहाँले महाबौद्धले यी सबै चरणहरुपुरा गरेर ४६ लेनको फराकिलो पिच बनिसकेको छ । यो फराकिलो बाटोमा हिँडेर क्लवलाई अझ उचाइमा पु¥याउने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । २००३ सालमा स्थापित रोटरी क्लव अफ महावौद्धले धेरै आरोह अबरोहहरु पार गर्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ मा अब्बल क्लबको रुपमा स्थापित भईसकेको छ ।
यस क्लबमा २०२५÷२६ को कार्यसमितिमा प्रेसिडेन्ट श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्ट नवराज सञ्जेल, नोमिनी प्रेसिडेन्ट रोशन क्षेत्री, फष्ट भाइस प्रेसिडेन्ट रमेश थापा, सेकेण्ड भाइस प्रेसिडेन्ट गोपाल प्रसाद घिमिरे, सेक्रेटरी रत्न राई, ट्रेजर डा. डिवश अमात्य, ज्वाईन सेक्रेटरी आरजु राणा, ज्वाइन ट्रेजर विनोद दुलाल रहनुभएको छ ।
यसैगरी एडमिन चेयर शिवेन्द्र कार्की , सर्जन इन आम डा. राजेन्द्र शेरचन, सर्भिस चेयर सुरेन्द्र बस्याल, टिआरएफ चेयर सुरेन्द्र शाक्य, मेम्बरसीप चेयर टेक बहादुर थापा, इमेज चेयर मञ्जु राणा, इन्भारोमेण्ट चेयर तिलक लामा चयन हुनुभएको छ । यसअघि क्लवको प्रेसिडेन्टको रुपमा शिक्षाकर्मी विरंगना महर्जन रहनुभएको थियो