Oct 02 2026 | २०८३, आश्विन १६ गते

नेशनल मोडेल स्कुलले गर्‍यो अभिभावक अभिमुखीकरण

नेशनल मोडेल स्कुलले गर्‍यो अभिभावक अभिमुखीकरण

  • 941
    SHARES

  • नेशनल मोडेल स्कुलले गर्‍यो अभिभावक अभिमुखीकरण

    असार, ७ गते । काठमाडौ महानगरपालिकाको वडा नं.१६ बालाजुस्थित नेशनल मोडल इङ्लिस सेकेन्डरी स्कुलले Art of Parenting Program (अभिभावक अभिमुखीकरण) कार्यक्रम गरेको छ ।

    शनिवार नेपालटारको कान्तिपुर ब्याङ्क्यिट्मा एक कार्यक्रमको बिच विद्यालय शिक्षालाई व्यवहारिक जीवनसंग जोड्दै संस्कार सहितको शिक्षामा जोड दिने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे हो।

    IMG_1565.JPG

    काठमाडौको उत्तरिभेगकै ठूलो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नेशनल मोडेल स्कुलमा यस शैक्षिकसत्रमा २ सय भन्दा बढी नयाँ विद्यार्थीहरु थपिएका छन। हाल बिद्यालयमा एक हजार भन्दा बढी विद्यार्थी रहेका छन्।

    IMG_1585~2.JPG

    संस्कार सहितको शिक्षा भन्ने नारा अबलम्बन गरेको उक्त स्कुलले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभवकारी बनाउन विद्यार्थी तथा अभिभावकहरुलाई अभिमुखिकरण गरेको प्राचार्य डिएन अधिकारीले बताउनुभयो ।

    IMG_1535.JPG

    अभिभावक आफ्नो बाबुनानीको भविष्य उज्वल चाहन्छन र हामी हाम्रो विद्यार्थीको भविष्य उज्वल चाहन्छौ। हाम्रो उदेश्य एउटै हो। शैक्षिक बर्षको २७ बर्ष हेर्दा धेरै अनुभुती छन। हिजो र आजको विद्यार्थीमा धेरै फरक छ। अवको शिक्षा हाम्रो पाठ्यक्रम मात्रै पुग्दैन । हाम्रो उदेश्य हाम्रा विद्यार्थी विश्वको जुनसुकै ठाउउ जाँदापनी कमजोर नहोउन् आफ्नै खुट्टामा उभिनसक्ने होउन्, भनेर त्यो अनुरुपको क्रियाकलापहरु विद्यालयमा गर्नेगरेको प्राचार्य अधिकारिले भनुभयो।

    IMG_1516~2.JPG

    बालबालिकाको शारीरिक र मानसिक बिकास र भरणपोषणको जिम्मा छुट्टाछुट्टै रूपमा अभिभावक र शिक्षकको मात्र नभई दुवै पक्षको बराबरी दायित्व हुने र बालबालिकाको सर्वाङ्गीण विकासमा जति विद्यालयको हात रहन्छ, त्यति नै दायित्व अभिभावकको पनि हुने गर्दछ। अधिकारिले भन्नुभयो, 'आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि विद्यालयले ठूलो भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे।'

    कार्यक्रममा बोल्दै प्रशिक्षक डा. स्वामी बिबेक विनयीले वर्तमान समयमा मौलाउदै गएको मोबाइलको बढ्दो प्रयोग, अनुशासनहिनता, शिक्षा र पढाईप्रतिको घट्दो आकर्षण चुनौती बनेको बताउनुभयो। उहाँले पहिलो पाठशाला घर भएकोले पारिवारिक वातावरण राम्रो हुनुपर्ने बताउनुभयो। विद्यालय दोस्रो घर हो, बिनयीले भन्नुभयो, परिवारले संस्कार सिकाउन मद्दत गरे स्कुलले गुणस्तरीय शिक्षा दिन सहज हुने बताउनुभयो।

    IMG_1532~3.JPG

    कार्यक्रममा प्रशिक्षक तथा मोटिभेसन स्पिकर डा.तारा प्रसाद गिरिले असल अभिभावको भूमिका सम्बधनमा उत्प्रेरणामुलक अभिव्यक्ति दिनुभएको थियो ।

    IMG_1656 (1).JPG

    अभिमुखिकरण कार्यक्रम संचालन स्कुलका आर्थिक निर्देशक दोर्ण बहादुर अधिकारिले गर्नुभएको थियो । अभिभावक बदलियौ भने हाम्रो घर बदलिन्छ। बालबालिका बदलिन्छन्। निर्देशक अधिकारीले भन्नुभयो, विद्यालयले त्यो कोशिस गर्छ ।

    IMG_1494~2.JPG

    अभिमुखिकरण कार्यक्रममा करिब ६ सय भन्दा बढी अभिभावक र शिक्षक, कर्मचारीको उपस्थिति रहेको थियो।

    IMG_1538.JPGIMG_1554.JPGIMG_1627 (1).JPGIMG_1646 (1).JPG

    images
    आइतवार, आषाढ ८ २०८२०८:३१:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार