बिहिवार, आषाढ १९ २०८२
असार, १९ गते/ काठमाडौँ। चन्द्रागिरी नगरपालिका, १२ चुनदेविस्थित विद्याश्री एकेडेमीका एक जना विद्यार्थीले एसईई २०८१ मा ४.०० जिपिए र बाँकी सवै विद्यार्थीले ए- प्लस नतिजा हासिल गरेको छ। पहिलो पटक एसईईमा सहभागी भएको उक्त स्कुलले सर्वोत्कृष्ट नतिजा हासिल गरेको हो।

विद्याश्री एकेडेमीका सिम्रन दुधराजले ४.०० जिपिए प्रप्त गरेकी छन् भने बाँकी ११ जना विद्यार्थीले ए- प्लस ल्याएर उत्तीर्ण भएका छन।
स्कुलका प्रिन्सिपल राजेन्द्र ढकालका अनुसार शिक्षक र विद्यार्थीहरुको मिहेनत र अभिभावकको चाँसोको कारण विद्यालय उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो।

यस सफलतामा विद्यालय परिवार अत्यन्त हर्ष बिभोर छ। प्राचार्य ढकाल भन्नुहुन्छ, 'यस सुखद क्षणमा पुर्याउनका लागि हाम्रा विद्यार्थिहरुको अथक मेहेनत, अनुशासन, दृढता र आत्माविश्वास नै आजको सफलताको उपलब्धी हो।' साथै यो नतिजा केवल परीक्षा पास गर्ने उपलब्धि नभई गुणस्तरीय शिक्षामा विद्यालयको अटल प्रतिबद्धताको प्रतीक भएको' ढकालको भनाई छ।