Aug 13 2026 | २०८३, श्रावण २८ गते

जेवि स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

जेवि स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

  • 982
    SHARES

  • जेवि स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाई तथा सम्मान

    काठमाडौँँको बुडानिलकण्ठ, ६ ग्रीनल्याण्ड स्थित जेवि स्कुलले एसईई २०८१ ब्याचका विद्यार्थीलाई बिदाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ। शनिवार जेवि स्कुलले एसईई २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाई बिदाई गरेको हो।

    उक्त कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। साथै उक्त कार्यक्रममा राम्रो नतिजा ल्याउन सहयोग शिक्षकलाई नगदसहित सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै सभाध्यक्ष नारायण रोकाले एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले आगामि दिनहरु अझै चुनौतीपुर्ण हुने भन्दै आफ्नो रुचि अनुरुप विषय छनोट गरेर पढ्न सुझाव दिनुभयो ।

    प्रिन्सिपल रोकाले राम्रो नतिजा हासिल गर्न मेहनेत गर्ने शिक्षकहरुलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा अझै बढी मेहनत गर्न सुझाव दिनुभयो। रोकाले विद्यार्थी सफल हुँदा सबैभन्दा धेरै खुसी हुनेमा शिक्षक नै हुन् भन्दै शिक्षकहरुको मेहनतको कारण राम्रो नतिजा आएको बताउनुभयो ।

    उक्त कार्यक्रम स्कुलका प्रिन्सिपल नारायण रोकाको सभापतित्व तथा पुर्वमन्त्री रेशम लामाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा  विद्यालयका संचालक तथा शिक्षक अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

    images
    आइतवार, आषाढ २९ २०८२०७:१९:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार