Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक कार्यसम्पादन मूल्यांकन फारामहरू अविलम्ब पठाउन आयोगको निर्देशन

शिक्षक कार्यसम्पादन मूल्यांकन फारामहरू अविलम्ब पठाउन आयोगको निर्देशन

  • 708
    SHARES

  • शिक्षक कार्यसम्पादन मूल्यांकन फारामहरू अविलम्ब पठाउन आयोगको निर्देशन

    साउन, १८ गते/ काठमाडौँ। शिक्षक सेवा आयोगले चालू शैक्षिक सत्र २०८१ को शिक्षक कार्यसम्पादन मूल्यांकन फारामहरू अविलम्ब पठाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। आयोगले शिक्षा विकास निर्देशनालय (बढुवा सिफारिस समितिको सचिवालय) मार्फत सबै शिक्षा विकास तथा समन्वय एकाइहरू र स्थानीय तहका शिक्षा शाखाहरूलाई यस्तो निर्देशन दिएको हो।

    शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधनसहित) को नियम ३२ घ उपनियम (९) बमोजिम पुनरावलोकन समितिबाट मूल्यांकनको कार्यसम्पन्न गरी फाराम मिति २०८२ साउन १५ भित्र पठाउने सूचना पहिले नै जारी भइसकेको थियो। आयोगको सुचनामा भनिएको छ, ‘शिक्षकको वृत्तिविकासमा असर नपरोस् भन्ने संवेदनशीलतालाई मध्यनजर गर्दै बाँकी रहेका फारामहरू यथाशिघ्र पठाउन ताकेता गरिएको छ।'

    आयोगले साउनको अन्तिम हप्ताभित्र शिक्षक बढुवाको विज्ञापन प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको सन्दर्भमा कार्यसम्पादन मूल्यांकन फाराम समयमै प्राप्त हुनु आवश्यक रहेको जनाएको छ।

    शिक्षा विकास निर्देशनालयमार्फत जारी सूचनामा अहिलेसम्म फाराम पठाइसकेका र नपठाएका एकाइहरूको विवरण पनि यथाशीघ्र पठाउन सम्बन्धित निकायहरूलाई अनुरोध गरिएको छ।

    images
    आइतवार, श्रावण १९ २०८२०६:००:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार