आइतवार, भाद्र १ २०८२
भादौ १ गते/ काठमाडौँ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) नागार्जुन नगर समितिले आयोजना गरेको अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। शनिवार नागार्जुनको फस्कुस्थित एक प्यालेसमा १३ वटा विद्यालय सम्मिलित भब्य भब्य तीज नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

नेसनल प्याब्सन नागार्जुन नगरपालिकाका अध्यक्ष चन्द्र क्षेत्रीको सभापतित्वमा नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशीला अधिकारीको प्रमुख अतिथिको रुपमा रहनुभयो। उक्त प्रतियोगितामा बिशेष अतिथिको रुपमा नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण कुवर, नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अमृत खड्का, उपाध्यक्ष प्रेम भुजेल, सचिव रामबाबु सेढाई, कोषाध्यक्ष टंक बहादुर थापा, सह-कोषाध्यक्ष शिवराम गिरिको बिशेष उपस्थिती रहेको थियो।

उक्त प्रतियोगितामा माइलस्टोन युथ इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा द्वितीय स्थान पिपल्स एकेडेमी, र तृतीय स्थान रानिबन पाठशालाले हासिल गर्यो। उक्त प्रतियोगिमा विरसेवा नेसनल एकेडेमीले उत्कृष्ट भेषभुषा र ग्रीन लन्स एकेडेमीले उत्कृष्ट कोरियोग्राफीको पदक हासिल गर्यो।

तीज नृत्य प्रतियोगितामा सहभागी बिद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्रको ब्यबस्था गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुशीला अधिकारिले नेपालको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले आयोजना गरिएको नगर स्तरीय तीज नृत्य प्रतियोगिता प्रती खुसी व्यक्त गर्नुभयो । तीज पर्व नेपालको मौलिक र संस्कृतिक पर्व भएकोले तीजका नाममा भएका बिकृतिहरुलाई हटाउदै नेपाली मौलिकता र संस्कृतिलाई जगेर्न गर्न लागिपर्नु पर्ने उहाँको धारणा छ।
