Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेसनल प्याब्सन काठमाडौंले गर्ने उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता भदौ ८ मा

नेसनल प्याब्सन काठमाडौंले गर्ने उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता भदौ ८ मा

  • 362
    SHARES

  • नेसनल प्याब्सन काठमाडौंले गर्ने उपत्यकाव्यापी लोक नृत्य प्रतियोगिता भदौ ८ मा

    भदौ, ७ गते/ काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौं जिल्ला समितिले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता भदौ ८ गर्ने भएको छ। बिहिबार काठमाडौंको भेमसेनगोलास्थित जिल्ला समिति कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सो कुराको जानकारी दिएको हो।

    विद्यार्थीको सर्वाङ्गीण विकाससँगै मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जिल्ला अध्यक्ष अमृतकुमार खड्काले बताए।

    उक्त प्रतियोगितामा उपत्यकाभर बाट ५१ विद्यालयको सहभागीता रहेको कार्यक्रम संयोजक तथा कोषाध्यक्ष टंकबहादुर थापाले जानकारी दिए।

    प्रतियोगितामा सहभागी विद्यालयले रु. ५,००० प्रवेश शुल्क बुझाई कक्षा ३ देखि १० सम्मका विद्यार्थीलाई समेटी ८ देखि २४ जनासम्मको समूह बनाएर बढीमा ५ मिनेटको नृत्य प्रस्तुत गर्नुपर्नेछ। विद्यालयका बाहिरी कलाकार वा विद्यार्थीलाई सहभागी गराउन पाइने छैन। प्रतियोगितामा मौलिक नेपाली लोकनृत्य मात्र प्रस्तुत गर्न पाइनेछ भने रिमिक्स गीत वा चर्या नृत्य स्वीकार गरिने छैन।

    उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः रु. २५,०००, रु. २०,००० र रु. १५,००० सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। चौथोदेखि दशौं स्थानसम्मका विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र दिइनेछ। साथै सर्वोत्कृष्ट भेषभूषा र सर्वोत्कृष्ट नृत्य निर्देशकलाई विशेष सम्मान प्रदान गरिनेछ। सहभागी सबै विद्यालय र विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिए।

    बिहबिार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रेम कुमार भुजेल, समिर बास्तोला, नारायण तिमल्सीना, सचिव रामबाबु सेढाई, कोषाध्यक्ष टंक बहादुर थापा, सहसचिव शिवराम गिरी, काठमाडौँ महानगर समिति सचिव लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।

    images
    शुक्रवार, भाद्र ६ २०८२०९:२५:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार