Aug 14 2026 | २०८३, श्रावण २९ गते

सेफद्वारा आयोजित दोस्रो अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न

सेफद्वारा आयोजित दोस्रो अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न

  • 719
    SHARES

  • सेफद्वारा आयोजित दोस्रो अन्तर-विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न

    भदौ, १५ गते/ काठमाडौँ । सिर्जनशील शिक्षा उद्धमी मञ्च (सेफ)द्वारा आयोजना गरिएको दोस्रो अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ। शनिवार डल्लुस्थित स्वणिम स्कुलको सभाहलमा प्याब्सनका सह-अध्यक्ष तथा सेफका अध्यक्ष गोपाल प्रसाद आचार्यको सभापतित्व तथा काठमाडौ महानगर वडा १५ का अध्यक्ष इश्वरमान डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

    IMG_9956~2.JPG

    प्रतियोगितामा सेफ सम्बद्ध ३० सदस्य विद्यालय मध्य १८ विद्यालयका ५४ जना विद्यार्थी सहभागी रहेका थिए।

    प्रतियोगितामा जुनियर क्याटागोरी अन्तर्गत स्वणिम स्कुलका रिसव कुमार मिश्रले प्रथम स्थान हासिल गरे । त्यस्तै द एक्सल पब्लिक स्कुलकी दीक्षा मिश्र द्वितीय, न्यु जेनिथ स्कुलकी समृद्ध रायमाझी तृतीय स्थान र काठमाडौ भ्याली स्कुलकी सुहाना श्रेष्ठले चौथो स्थान हासिल गरिन।

    IMG_0061~2.JPG

    त्यसैगरी इन्टरमिडियट क्याटागोरी अन्तर्गत द एक्सल स्कुलकी सान्भी कार्किले प्रथम स्थान हासिल गरिन। त्यस्तै स्वणिम स्कुलकी दियसा लामा द्वितीय, ज्योति स्कुलकी समीक थापा तृतीय र जुबिलेन्ट स्कुलकी साक्षी जैसवालले चौथो स्थान हासिल गरिन।

    IMG_0069~2.JPG

    सिनियर क्याटागोरी अन्तर्गत स्वणिम स्कुलकि अस्मिता आचार्यले प्रथम स्थान हासिल गरिन। त्यस्तै माउन्ट ग्लोरि स्कुलकी प्रेक्षा महर्जन द्वितीय, द एक्सल पब्लिक स्कुलकि रेश्ना मानन्धर तृतीय र ज्योती एकेडेमीकी प्रतिका थापामगरले चौथो स्थान हासिल गरे।

    IMG_0076~2.JPG

    उक्त प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र चौठो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने अन्य सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    उक्त प्रतियोगिता समारोहमा स्वणिम स्कुलका संस्थापक प्राचार्य शजी पन्त, जुबिलेन्ट स्कुलका प्राचार्य ऋषि न्यौपाने, ज्योति स्कुलका प्राचार्य गोबिन्द पंगिनी, एलेन मेमोरियल स्कुलका प्राचार्य जयराम चापागाईं, एभनगार्ड स्कुलका प्राचार्य मणिक कुमार श्रेष्ठ लगाएत विभिन्न स्कुलका शिक्षकहरुको उपस्थिति रहेको थियो।

    IMG_9964.JPG

    उक्त कार्यक्रम सेफका सचीव तथा रेडियण्ट स्कुलका प्राचार्य सुर्य बहादुर केसीले संचालन गर्नुभयो भने कोषाध्यक्ष तथा जनज्योति स्कुलका प्रिन्सिपल राजेन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो।

    IMG_9990~2.JPGIMG_9970~2.JPGIMG_9949~2.JPG

    सेफले पढाईका अतिरिक्त विद्यार्थीहरुको चौतर्फी बिकासका लागि विभिन्न रचनात्मक क्रियाकलापहरु आयोजना गर्दै आएको छ।

    IMG_0050.JPG

    images
    आइतवार, भाद्र १५ २०८२०७:५३:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार