Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

  • 733
    SHARES

  • विद्यालयको खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना

    भदौ, १९ गते/काठमाडाैँ । महोत्तरीको एक विद्यालयमा दिवा खाजामा छेपारो परेपछि ६० बालबालिका अस्पताल भर्ना भएका छन्। पिपरा गाउँपालिका ६ रतौली स्थित आदर्श माध्यमिक विद्यालयका बालबालिकाको दिवाखाजामा छेपारो परेपछी बालबालिका अस्पताल भर्ना भएका हुन्।

    आज दिउँसो खाजामा एक बालकको प्लेटमा दिएको खाजामा छेपारो परेको ती बालकले छेपारो देखेपछि कसैलाई नभनी खाजा फालेर घर फर्केर अभिभावकलाई सुनाएका थिए। त्यसपछि अभिभावकले खाजामा छेपारो परेको भनेपछि केही बालबालिकाले वाकवाकी लागेको बताएका थिए।

    विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका बताइएको छ ।

    अभिभावक र विद्यालयले तत्कालै खाजा खाएका ६० बालबालिकालाई निगरानीका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएका छन्। व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार कसैलाई त्यस्तो गम्भीर समस्या छैन। तर पनि कुनै घटना नहोस् भनेर बालबालिकालाई अस्पताल ल्याइएको उनले बताए।

    यता प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवले बालबालिकामा यस्तो कुनै समस्या नदेखिएको बताए।अभिभावकहरू चिन्तित भएर अस्पतालको निगरानीमा राखेको बताएका छन।

    images
    बिहिवार, भाद्र १९ २०८२०८:२०:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार