बुधवार, आश्विन २२ २०८२
२२ असोज, धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले अस्थायी र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अस्थायी र करार सेवाका सबै नियुक्ति र सम्झौता रद्द गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज ८ मा “नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने” निर्देशन जारी गरेको थियो। उक्त निर्देशनअनुसार गाउँपालिकाले हालसम्म दरबन्दीबाहिर अस्थायी रूपमा नियुक्त भएका र करार सेवामा कार्यरत सबै कर्मचारीको सम्झौता मंगलबारबाट लागू हुनेगरी खारेज गरिएको घिमिरेको भनाइ छ ।
छथरजोरपाटी गाउँपालिकामा अस्थायी र करार सेवामा कति कर्मचारी छन भन्ने खुलाइएको छैन । पालिकाले जारी गरिएको सूचनामा भनिएझैं अनुसार दरबन्दीबाहेकका अस्थायी र करार कर्मचारी कटौती गरिएको हो ।
