Aug 13 2026 | २०८३, श्रावण २८ गते

युएईमा पढ्न जाने विद्यार्थीलाई सावधान रहन शिक्षामन्त्रीको अनुरोध ।

युएईमा पढ्न जाने विद्यार्थीलाई सावधान रहन शिक्षामन्त्रीको अनुरोध ।

  • 684
    SHARES

  • युएईमा पढ्न जाने विद्यार्थीलाई सावधान रहन शिक्षामन्त्रीको अनुरोध ।

    २७ कार्तिक/ काठमाडौँ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले हचुवामा युएई अध्ययन लागि नजान अनुरोध गरेका छन् । केही कन्सल्टेन्सीहरूले नेपाल बाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू पठाउने गरेको उल्लेख गर्दै विद्यार्थीलाई नफस्न पुनले सामाजिक सञ्जाल फेसबूकमा मार्फत अनुरोध गरेका हुन् ।

    मन्त्री पुनले त्यसरी गएका विद्यार्थीहरूले युएईमा दुख पाईरहेको कुराको जानकारी परराष्ट्र मन्त्रालयले दिएको जानकारी दिएको बताएका छन्।

    पुनले लेखेका छन् “युएईमा पढ्न जाने विद्यार्थीहरू सावधान – नेपालका केही कन्सल्टेन्सीहरूले युएईको फ्री जोनमा इन्सटिच्युट दर्ता गरी नेपालबाट विभिन्न नक्कली कलेज पढ्न विद्यार्थीहरू दिन दिनै पठाई रहेको कुराको उजुरी आएको छ । त्यस्ता विद्यार्थीहरूले युएईमा दुख पाई रहेको कुरा को जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । सो कुराको गहन छानबिन हुँदैछ । कोही पनि नफस्नु होला ।”

    images
    बिहिवार, कार्तिक २८ २०८२०४:२५:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार